• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

स्वास्थ्य हिसाबले घरमा अकोरियम राख्न उपयुक्त

Fm Radio Link

उमा आले/पोखरा, पछिल्लो समयमा युवाहरु विदेशिने क्रम बढ्दो छ । स्वदेशमा आफ्नो भविष्य नदेखेर आफ्नो सपना पूरा गर्न विदेश जाने गर्छन् । कतिले आफ्नो सपना पूरा गरेर फर्कन्छन् । भने कति सोंचेको जस्तो गर्न नसकेर निरास हुँदै फर्कन्छन् । कतिपयले भने विदेशमा सिकेको सिपलाई स्वदेशमा प्रयोग गर्छन् ।

 

अहिले थ्रपै युवा जो विदेशबाट निरास भएर फर्केका छन् । उनीहरुले स्वदेशमा आफ्नो सिपलाई प्रयोग गरेर केही नयाँ व्यवसाय र उत्पादनमुलक कार्य गरेर आम्दानी गर्दै समाजमा उदाहरणीय बनेका छन् । तीनै युवाहरु समाजका अरु युवाहरुको लागि प्रेरणाका स्रोत पनि बनेका छन् । तिनै युवाका कारण अहिले धेरै युवाहरुमा स्वदेशमा नै केही गरेर आत्मनिर्भर हुन सकिन्छ भन्ने सोंच आउन थालेका छन् ।

 

बिदेशमा सीप सिकेर स्वदेशमै केही गर्नुपर्छ भन्ने भावनाका साथ उदाहरणीय बनेका मध्ये एक युवा जो आफ्नो बिदेशको अनुभवलाई व्यवसायमा बदलेर उदाहरणीय पात्र बन्दै जानुभएको छ । ति युवा हुनुहुन्छ विजय पुन । पोखराको नयाँ बजारमा रहेको बी एण्ड डी अकोरियम एण्ड पेट सपका सञ्चालक विजय पुनलाई अहिले भ्याई नभ्याई हुन्छ । आफ्नो घरमा नै माछाहरु संकलन गरेर अकोरियम बनाउने पुनको जुन इच्छा र अनुभव थियो ।

 

पुनले अन्ततः आफ्नो अनुभवलाई अकोरियम व्यवसायमा परिणत गर्नुभयो र अहिले सफल युवा व्यवसायीको रुपमा आफ्नो परिचय बनाउनुभएको छ । विगत ९/१० वर्षदेखि पोखराको नयाँबजारमा बी एण्ड डी अकोरियम एण्ड पेट सप सञ्चालन गर्नुभएको पुनले पछिल्लो क्रममा मानिसहरुले अकोरियमको महत्व बुझ्न थालेको बताउनुहुन्छ ।

 

अकोरियम घरमा राख्दा आफ्नो घरको सुन्दरता त बढ्छ नै वास्तुशास्त्रको हिसाबले र स्वास्थ्य हिसाबले पनि अकोरियम घरमा राख्नुपर्छ भन्ने सोंचमा विकास भएको छ । त्यसैले अहिले हरेकले घर डेकोरेसन गर्दा अकोरियमको लागि ठाउँ बनाउने गर्दछन् । अकोरियमको व्यवसाय पनि बढ्दो मात्रामा रहेको छ । यसै सेरोफेरोमा रहेर बिजय पुनसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।


१. अकोरियम भनेको के हो ?

अहिले हामीले जो कोही घर या होटलहरुमा देख्न सक्छौँ घर वा होटलको सौन्दर्यको लागि सिसाको ट्याङ्क भित्र पानीसँग माछा राखेको त्यहि नै अकोरियम हो । अफिस, पसलहरुमा अकोरियम राख्ने प्रचलन बढ्दो छ । 


२. अकोरियममा माछा कसरी पाल्ने ?

माछाको विभिन्न प्रजाति हुन्छ । सबै प्रजातिको माछालाई एउटै पानी र वातावरणमा पाल्न सकिदैँन । हरेक प्रजातिको माछालाई प्रजाति अनुसारको पानी र वातावरण चाहिन्छ । तापक्रम मिलाउनुपर्छ । कुनै माछा चिसो पानीमा पनि बाँच्न सक्छ भने कुनैलाई चीसो पानीमा बाँच्न सक्दैन । त्यसैले पानी तताएर माछाको अनुकुल बनाउनुपर्छ । माछा राख्ने ट्याङ्क पनि माछाको साइज अनुसारको हुनुपर्दछ ।

सानो माछाको लागि सानो वा ठिकै खालको भए पनि हुन्छ भने ठूलो माछाको लागि ठूलो ट्याङक चाहिन्छ । त्यसमा पानी प्रशोधन गर्ने पावरफुल फिल्टर र अक्सिजनको लागि मेसिन जडान गरिएको हुन्छ । हरेक माछाको साइज र ठाउँ अनुसारको ट्याङक, उपयुक्त दाना र पानी, सहज वातावरण हुनुपर्दछ ।


३. दाना कसरी हाल्ने ?
दाना अकोरियम सपहरुमा नै पाईन्छ । दाना दिनको दुई पटक विहान र साँझ गरेर दिनुपर्छ । दाना दिदा पनि त्यसको मात्रा नापेर दिनुपर्दछ । कोही कोहीले एक समय व्यस्त हुँदा वा साँझमा कहीं जानुपर्ने वा काम छ भने दुई पटकको दाना एकैपटक हालिदिने गर्छन् त्यसो गर्नुहुँदैन, बरु दाना नखुवाए पनि उनीहरु केही समयको लागि बाँच्न सक्छन् । तर त्यसरी एकैचोटि दाना दिने गर्नु गलत हुन्छ ।

 

४. माछा के भयो भने मर्छ वा मर्न नदिन कस्तो कुरामा ध्यान दिनुपर्छ ?

मानिसहरुले आफ्नो शोखले अकोरियम राख्ने गरेपनि त्यसको सुरक्षामा ध्यान नदिदा माछा मर्ने गर्दछ । अब दानाकै कुरा गर्नुपर्दा पनि दाना एकैचोटि राखिदिदाँ माछाले सबै दाना खाँदैन । त्यसले गर्दा रहेको दाना फोहोर हुदैँ गएर माछाको उपयुक्त वातावरण बिग्रन सक्छ । त्यसले गर्दा उनीहरुलाई बाँच्न गाह्रो हुन्छ । पानी फोहोर भएमा माछालाई जोगाउन गाह्रो हुन्छ । त्यसो भन्दैमा पानी परिवर्तन गरिदिनु हँुदैन ।

माछा जुन पानीमा बसेको छ त्यो पुरै पानी परिवर्तन गरिदियो भने उसको वातावरण बिग्रन्छ । अर्को पानीमा उसलाई माछालाई समायोजन गर्न गाह्रो हुन्छ । त्यसैले पानीलाई प्रशोधन गर्नुपर्दछ । ट्याङकसँगै राम्रो क्वालिटीको फिल्टर पनि जडान गरेको हुन्छ । त्यसले त्यही पानीलाई निकाल्दै प्रशोधन गरेर फेरि त्यहि झारिदिन्छ । पानी निकाल्नै परेमा ट्याङकको आधा जति पानी मात्र निकाल्नुपर्छ ।

माछालाई पनि रोग लागेर बिरामी पर्ने भएकाले माछाका लागि पाइने औषधि दिनको एक चोटि राख्दिने गर्नुपर्छ । गर्मीमा पानी नर्मल हुने भएकोले तताउनु पर्दैन तर जाडोमा तताउनुपर्छ । हाम्रो जस्तो लोडसेडिङ हुने देशमा त्यो गाह्रो हुन्छ । बत्ति गईरहन्छ त्यसैले इन्भर्टर वा हिटर चाहिन्छ । अक्सिजन मेसिन २४ सै घण्टा चलिरहेको हुनुपर्दछ । १/२ घण्टा बन्द भएर केही हुदैँन तर निरन्तर चलिरहेको चाँहि हुनुपर्दछ । 


५. माछा कति प्रजातिको हुन्छ ?
नेपाल प्राय ट्रपीकल, एन्जल, फ्रेसवाटर, सार्क जो चिसो पानीमा बाँच्न सक्दैन । त्यसैगरि कोल्डवाटर फिस, कोल्ड फिस, कार्प जुन चिसो पानीमा पनि बाँच्न सक्छ । समुद्री माछा भने नेपालमा पाल्न सफल भएन किनभने समुद्री माछाको लागि समुद्रको जस्तो वातावरण बनाउन सकिन्न । समुद्रमा हुने पानी, चाहिने नुन तापक्रम सबै कुरा मिलाउन गाह्रो हुन्छ । हुर्काउन र बचाउन समस्या हुन्छ । 

 

६. अकोरियमलाई चाहिने सामान कहाँ पाइन्छ ?
अकोरियमको लागि चाहिने सामान ट्याङक बनाउने चिसा बाहेक अरु सबै बाहिरबाट ल्याउनुपर्दछ यहाँ सम्म कि माछा पनि बाहिर बाटै ल्याउने हो ।

 

७. अकोरियम किन राख्ने ?

अकोरियम राख्ने विशेष गरेर घरको सौन्दर्यताकै लागि हो । यसको अर्को महत्व पनि छ । अकोरियम घरमा राख्दा शुभ हुने विश्वास गरिन्छ । घरमा माछा पानी हुदाँ सधैँ शुभ र साकारात्मक प्रभाव पर्ने हाम्रो पुरानो मान्यता पनि हो भने वास्तुशास्त्रको दृष्टिकोणले पनि यो उपयुक्त हो ।

 

अकोरियम राख्नुको अर्को फाइदा भनेको मधुमेह, उच्च रक्तचाप, मुटु रोग र डिप्रेसनका रोगीहरुको लागि राम्रो हुन्छ । दिनमा एकचोटि १५ मिनेट देखि आधा घण्टा, एक घण्टा कति सकिन्छ, अकोरियमलाई हेर्ने, त्यहाँ भित्र माछाले गरेको गतिविधि र अन्य वरपरको चिजहरुलाई हे¥यो भने रिलिफ हुने (आनन्द आउने) र सकारात्मक प्रभाव पर्ने हुन्छ ।


८. कत्तिको महंगो पर्छ ?
महंगो छैन । सामान्य परिवारले पनि यो राख्न सक्छन् । यसको साईज हेरेर हुन्छ । साईज अनुसार मुल्य फरक फरक हुन्छ । सामान्य अकोरियमको त्यहि ५ देखि ७ हजारमा आउँछ ।


८. पोखरामा अकोरियम प्रति आम मानिसको धारणा कस्तो छ ?
पहिले भन्दा त अहिले धेरै परिवर्तन भएको छ । मानिसहरुले अकोरियमप्रति इच्छा र चासो बढेको छ । अहिले प्रत्येकको घर, अफिस, होटलहरुमा अकोरियम राखेको हामी पाउँछौँ । मानिसहरुले बुझेको अवस्था छ । पोखरामा पनि धेरै राम्रो छ ।

 

विशेष गरेर युवाहरु यसप्रति अलि बढी आकर्षित हुन्छन् । धेरैले अकोरियम घरमा राख्नुपर्छ भन्ने सोच बनाएका हुन्छन् । त्यसैले व्यापार पनि राम्रो छ । तर अकोरियम कसरी राख्ने त्यो कुरालाई ध्यानमा नराख्दा भने समस्या हुन्छ । युवाहरुले इमेल इन्टरनेट हेरेर अकोरियम बनाउने गर्छन् भने इन्टरनेट नहेर्नेहरुका लागि समस्या हुन्छ । अनुभव अध्ययन नगरिकन इच्छाएको भरमा जसले पनि अकोरियम सप खोल्ने गर्दा समस्या हुन्छ ।

 

मानिसहरुले अकोरियमप्रति इच्छा त राख्छन् तर नबुझेको अवस्थाले गर्दा माछा मर्ने, त्यसले गर्दा व्यवसाय डुब्ने खतरा हुन्छ । विदेशमा अध्ययन र ट्रेनिङ्ग नै हुन्छ । त्यसैले हामीले अकोरियम सप खोलेर बसेकाहरुको संगठन बनाउने साेंच बनाएका छौँ । पोखरामा ६÷७ वटा सप होला । एउटा ग्रुप बनाएर यो पेशालाई एउटा सिस्टममा लैजाने हाम्रो प्रयास हो । भोलिका दिनमा मेलामा अकोरियमको छुट्टै स्टल राख्ने वा एक्जिविसन नै गर्ने सोंच पनि छ ।

 

घरमा अकोरियम कसरी राख्ने ?
१. अकोरियम राख्नु पूर्व घरमा त्यसको लागि ठाउँ बनाउनुपर्छ । जहाँ हेर्दा झट्ट देखियोस् र सुरक्षित पनि होस् । 


२. अकोरियमको साईज अनुसारको ठाउँ बनाउनुपर्दछ । जहाँ मान्छे धेरै आवतजावत गरिरहन नपरोस् । वातावरण शान्त होस् ।


३. अकोरियम भित्रको माछाको लागि सधैँ उपयुक्त वातावरण बनाई राख्नु पर्छ नत्र माछा मर्न सक्छ । माछाको सुरक्षामा ध्यान दिनुपर्दछ ।


४. माछालाई दाना एकचोटि दिनुहुदैँन । एक दिनमा दुई पटक विहान र बुलेकी गरेर दिनुपर्छ । दाना एकैचोटि राखिदिदाँ माछाले सबै दाना खाँदैन । त्यसले गर्दा रहेको दाना फोहोर हुदैँ गएर माछाको उपयुक्त वातावरण बिग्रन सक्छ । त्यसले गर्दा उनीहरुलाई बाँच्न गाह्रो हुन्छ ।


५. पानी फोहोर भएमा माछालाई जोगाउन गाह्रो हुन्छ । त्यसो भन्दैमा पानी परिवर्तन गरिदिनु हँुदैन । माछा जुन पानीमा बसेको छ त्यो पुरै पानी परिवर्तन गरिदियो भने उसको वातावरण बिग्रन्छ । अर्को पानीमा उसलाई माछालाई समायोजन गर्न गाह्रो हुन्छ । त्यसैले पानीलाई प्रशोधन गर्नुपर्दछ । ट्याङकसँगै राम्रो क्वालिटीको फिल्टर पनि जडान गरेको हुन्छ । त्यसले त्यही पानीलाई निकाल्दै प्रशोधन गरेर फेरि त्यहि झारिदिन्छ । पानी निकाल्नै परेमा ट्याङकको आधा जति पानी मात्र निकाल्नुपर्छ ।


६. गर्मीमा पानी नर्मल हुने भएकोले तताउनु पर्दैन तर जाडोमा तताउनुपर्छ । हाम्रो जस्तो लोडसेडिङ हुने देशमा त्यो गाह्रो हुन्छ । बत्ति गईरहन्छ त्यसैले इन्भर्टर वा हिटर चाहिन्छ ।


७. माछालाई पनि रोग लागेर बिरामी पर्ने भएकाले माछाका लागि पाइने औषधि दिनको एक चोटि राख्दिने गर्नुपर्छ ।


८. गर्मीमा पानी नर्मल हुने भएकोले तताउनु पर्दैन तर जाडोमा तताउनुपर्छ । हाम्रो जस्तो लोडसेडिङ हुने देशमा त्यो गाह्रो हुन्छ । बत्ति गईरहन्छ त्यसैले इन्भर्टर वा हिटर चाहिन्छ ।


९.अक्सिजन मेसिन २४ सै घण्टा चलिरहेको हुनुपर्दछ । १/२ घण्टा बन्द भएर केही हुदैँन तर निरन्तर चलिरहेको चाँहि हुनुपर्दछ । 

१०. माछा राख्ने ट्याङ्क पनि माछाको साइज अनुसारको हुनुपर्दछ । सानो माछाको लागि सानो वा ठिकै खालको भए पनि हुन्छ भने ठूलो माछाको लागि ठूलो ट्याङक चाहिन्छ ।


 

प्रतिकृया दिनुहोस