• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

संविधान सम्वत प्रजातन्त्र सहितको राजसंस्था माग गरेका हौं : धुर्व रायमाझी

पुर्व राजा आफ्नो धार्मीक कार्यक्रमको रुपमा अगाडी बढिरहनु भएको छ । उहाँको कुनै राजनितिक कारण छैन । :  राप्रपा संयुक्तका पूर्व सहायक महामन्त्री धुर्व रायमाझी

Fm Radio Link

डि.एन. चौधरी/उदयपुर,  देशमा संघियता पछि राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको धारणा र पछिल्लो समय राजतन्त्र समर्थक  जनताहरुले देखाएको सक्रियताको  विषयमा  राप्रपा संयुक्तका पूर्व सहायक महामन्त्री धुर्व रायमाझी सँग रेडियो उदयपुर संचारकर्मी तथा एफ.एम. रेडियो लिङ्कका उदयपुर सम्वाददाता डि.एन. चौधरीले लिनुभएको अन्र्तवार्ता जस्ताको त्यस्तै प्रस्तुत गरेका छौं । 


१.संघियता पछि राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त कसरी अगाडी बढीरहेको छ ?
–यो मुलुकमा राष्ट्रिय स्पष्ट धारणा के हो भने, संघियता चाहिन्छ तर अहिले जुन आत्म निर्णय सहितको संघियता तथा सम्पुर्ण स्वयत्तताको संघियता हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको परिकल्पना होइन । 
संघियताको नाममा यो स्वयत्तताको अधिकार लिनु हुन्न भन्ने हाम्रो मान्यता हो । वा बिकेन्द्रीकरणको सिद्धान्त अनुरुप चाँही केहि अधिकारहरु केन्द्र सँंग सुरक्षित राख्नु पर्ने राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको अवधारणा हो ।

 

२ देश संघियतामा गैसके पछि पनि तपाइहरुले राजतन्त्रको नारा लगाई राख्नु भएको छ । आखिर किन ? 
–हामीले राजतन्त्रका कुरा गरेका होइनौ । हामी राजसंस्थाको कुरा गरिरहेका छौ । संघियतामा राजतन्त्र होइन राजसंस्था हुन्छ । 
राजतन्त्र भनेको राजाले शासन गर्ने प्रणालीलाई बुझिन्छ । तर हामीले खोजेको संविधान सम्वत संविधानको परिधि भित्र रहेर एकता, धरोहरको प्रतिक, धर्म आस्थाको प्रतिकको साथ साथै विभिन्न जातजाती भाषाभाषी, धर्म पहिचान रहेको मुलकमा एकताको प्रतिकको रुपमा राजसंस्थाको परिकल्पना गरेका हौं र हाम्रो पार्टिले संविधान सम्वत प्रजातन्त्र सहितको राजसंस्था माग गरेको छ ।

 

३. अहिले देशव्यापि भ्रमणमा पुर्व राजा लागि पर्नु भएको छ । र यो अभियानमा तपाइहरुको सक्रिय भुमिका देखिदै छ । के योजना मा हुनुहुन्छ ?
–होइन ? श्री ५ वडा महराज पुर्व राजा ज्ञानेन्द्र विर विक्रम शाहादेव देशव्यापी रुपमा उहाँ आफ्नो धार्मीक कार्यक्रमको रुपमा अगाडी बढिरहनु भएको छ । 
उहाँ कुनै राजनितिक कारणले अगाडी बढेको जस्तो लाग्दैन मलाई । उहाँ मुलुकको पुर्व राजाको हैसियतले देश भरिका मठ मन्दिर र जनताको चाहाना, भावना अनुसार काम र शुसासन भएको छ कि छैन ? त्यो बुझ्नको लागी भ्रमणमा केन्द्रित हुनुहुन्छ । र त्यसमा हामी राज संस्था चाहिने पार्टि र संस्थाहरुले उहाँको कार्यक्रममा सहयोग र सरिक हुनु स्वभाविक नै हो ।

 

४. संघियता पछि पनि देशमा राजतन्त्र फर्किनु कतिको उचित ? के यो सम्भव छ ? 
–संघियता पछि राजतन्त्रको परिकल्पना त अहिले बिश्व राजनितिमा सम्भावना नै छैन, तर राजसंस्था हुन्छ । 
किन भने, राज संस्था भनेको संविधान भित्र रहने संस्था हो । यहाँ राजाले शासन गर्ने भन्ने कुरा नै छैन । हाम्रो प्रतिकको रुपमा सवैको आस्था सवैलाई साझा समेटेर हिड्ने एउटा केन्द्र बिन्दुका रुपमा राज संस्था चाहिन्छ । 
एउटा राष्ट्र अध्यक्षका रुपमा अहिलेको पद्धती अनुसार एउटा पार्टी बाट निवार्चीत भएर जाने जुन प्रणाली छ । निवार्चीत हुने तर पार्टीवाट गएको मान्छे चाही एक पक्षिय हुने सम्पुर्ण जनताको मन मष्तिस्कमा पसेर काम गर्न नसक्ने कुरा हामीले बुझेका छौ । त्यसैले हामीले राजसंस्थाको परिकल्पना गरेका हौं ।  


५. नेपाल सरकारको कामप्रति सन्तुष्ट हुनुहुन्छ ? 
–नेपाल सरकारको काम कर्तव्य प्रति सन्तुष्ट छैन भन्ने त उनकै पार्टिका नेताहरुको उदहारण दिन सकिन्छ । जस्तै माधव नेपाल, भिमरावलकै कुरा गर्न सकिन्छ । 
प्रतिपक्षको भुमिकामा त उहाँहरु नै खेलिरहनु भएको छ भने, नेपाल सरकारले नेपाली जनताको हक हितकालागी के कती काम ग¥यो त्यो त नेकपा भित्रैका नेताहरुले बोल्दैछन् । यस वारेमा मैले धेरै कुरा बोलीरहनु पर्छ जस्तो लाग्दैन ।

 

६ किन असन्तुष्ट त ?
–यो मुलुकमा जनताले न्याय पाएनन् । त्यसैले, मुलुकका चेलिबेटि बलत्कृत भए खोइ न्याय ? मुलुकका विकास निमार्णका कामहरु सबै आफ्ना कार्यकर्ता लाई भरौटे र ठेकदारको रुपमा नेपाल सरकारका बजेटहरु कार्यकर्ताको लालन पालन मै खर्च भयो,  सुसासन छैन, न्याय छैन, भष्टाचारी उन्मुक्ति पाइरा को छ । ज्यानमारा आम माफी पाइरा को छ  । यो भन्दा प्रशस्त उदहारण के दिनु र ?

 

६. राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको योजना र एजेन्टा के हो ?
–राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको एजेन्टा के हो भने पहिलो राष्ट्रियता, दोश्रो प्रजातन्त्र, तेश्रो उदार अर्थनीती र उदारवाद चौथो हिन्दुराष्ट्र र पाचौ सवैधानीक राजसंस्था ।

 

७. सरकारले विप्लव समुहलाई लगाएको प्रतिवन्धमा राप्रपा संयुक्तको धारणा ? 
–सरकारले विप्लव माओवादी माथी लगाएको प्रविन्ध यो राजनितिक तवरले अवतारण गर्नु पथ्र्यो । हाम्रो पार्टिको मान्यता हो । विप्लवले उठाएको कति पय कुराहरु राम्रो पनि हुन सक्छन् । त्यसैले दुवैतर्फ मिलेर वार्तवाट यो समस्या समधान गर्नुपथ्र्यो ।

 

८ अझै पनि माओवादीको विप्लव समुह आन्दोलन मै छ, विप्लव समुहले हतियार समेत उठाइसकेको अवस्था छ । तर तपाइहरु हिन्दु राष्ट्र अनि राजतन्त्रको नारा लगाई राख्नु भएको छ । विप्लव समुह र राप्रपा संयुक्तको तालमेल मिल्छ त ?
–मिल्दैन, उहाँहरुको एजेन्डा फरक छ । हाम्रो एजेन्डा, उद्देश्य र गन्तव्य फरक छ । मलाई त लाग्दैन उहाँहरु हिन्दु राष्ट्र हुनु पर्छ भन्ने पक्षमा हुनुहुन्छ । 
हाम्रो योजना प्रजातान्त्रिक संवैधानिक तरिकाले अगाडी बढ्ने हो । जनताको अभिमत लिएर राजसंस्था स्थापना गर्ने बिस्वास छ । कुनै हतियार र युद्ध गर्ने हाम्रो पार्टिको योजना रहेको छैन ।

प्रतिकृया दिनुहोस