• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

आदिवासी जनजाति महासंघको वडा परिषद गठन

रामबहादुर थापा मगरको अध्यक्षतामा ९ सदस्सीय कार्यसमिति

Fm Radio Link

हेटौंडा,  हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ३ मा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) को वडा समन्वय परिषद् गठन गरिएको छ । नेपाल आदिवासी जनजाति महासंघ, हेटौंडाले हेटौंडा उपमहानगरपालिकाको सहयोगमा बुधबार वडामा कार्यसमिति गठन गरेको हो ।


आदिवासी जनजाति संघ–संस्थाका प्रतिनिधिको भेलाले रामबहादुर थापा मगरको अध्यक्षतामा ९ सदस्सीय कार्यसमिति सर्वसहमत चयन गरिएको छ । समितिको उपाध्यक्षमा चित्रबहादुर चेपाङ्ग, प्रमिला प्रजा चेपाङ्ग र बिष्णु गुरुङ्ग, सचिवमा हेमन्त रुम्बा, कोषाध्यक्षमा कल्पना स्याङ्बो तथा सह–सचिवमा चन्द्रकुमारी थापा मगर, सुमन घले र विरोध राई चयन भएका छन् ।


कार्यक्रम हेटौंडा उपमहानगरपालिका नगर कार्यपालिका सदस्य कृष्णबहादुर राई दनुवारको प्रमुख आतिथ्य तथा नेपाल आदिवासी जनजाति महासंघ हेटौंडाका अध्यक्ष जंगबहादुर गुरुङको अध्यक्षतामा भएको होे । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ३ का वडा सदस्यहरु विमला बर्तौला, शंकर राई, नेपाल आदिवासी जनजाति महासंघका मकवानपुर अध्यक्ष तिर्थ बहादुर थापा मगरको विशेष आतिथ्य रहेको थियो । 


नेपाल आदिवासी जनजाति महासंघ, हेटौंडाका सदस्य आत्माराम मोक्तानले सहजिकरण गरेको कार्यक्रममा आदिवासी जनजाति महासंघ, हेटौंडाका सदस्य नरेशलाल श्रेष्ठ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका मकवानपुरका उपाध्यक्ष अशोकसुजन श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


कार्यक्रममा तमु ह्युल छोंज धिं(गुरुङ्ग राष्ट्रिय परिषद्) मकवानपुरका संगठन सचिव चन्द्रबहादुर गुरुङ्ग, नेपाल तामाङ्ग घेदुङ्ग हेटौंडाका अध्यक्ष ठिसाङ लामा, नेपाल मगर संघ हेटौंडाका अध्यक्ष भरत ठाडा मगर, टोल विकास संस्था नगर समन्वय समितिका सूर्य राई लगायतको आतिथ्य रहेको थियो ।
 

प्रतिकृया दिनुहोस