प्रदेश नम्बर १ को लगातार दोस्रो जित
मदन गिरी /महेन्द्रनगर, महेन्द्रनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता अन्र्तगतको चौथो दिनको खेलमा प्रदेश नम्बर १ ले दोस्रो जित दर्ता गरेको छ । शनिबार भएको पहिलो खेलमा कर्णालीलाई १० विकेटले पराजित गर्दै प्रदेश नम्बर १ ले लगातार दोस्रो जित हात पारेको हो ।
टस जितेर व्याटीङ गरेको कर्णालीले चार दशमलव दुई ओभरमा २३ रनको जोडेको थियो । वर्षाको कारण अवरुद्ध बनेको खेललाई पाँच ओभरमा छोड्याएको थियो । कर्णालीका लागि मधु जिसीले १०, मञ्जु चौधरीले ६ र रबिना चौधरीले नट आउट दुई रनको योगदान गरिन् । प्रदेश नम्बर १ का लागि सनम राईले एक विकेट लिईन् ।
वर्षाको कारण केही समय अवरुद्ध बनेको खेलको डिएल म्याथडका आधारमा २६ रनको लक्ष्य पाएको प्रदेश नम्बर १ ले जवाफी व्याटीङ गर्दैँ दुई दशमलव एक ओभरमा लक्ष्य भेट्टायो । उसका लागी काजल शर्माले नट आउट रहदैँ चार बलमा ११ रन बनाईन्् । भने रुबिना क्षेत्रीले पाँच बलमा १२ रनको योगदान गरिन् ।
प्रतिकृया दिनुहोस5>