• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

असार १० भित्रै बजेट ल्याइसक्न निर्देश

Fm Radio Link

काठमाडौं, सङ्घीय सरकारले स्थानीय तहरुलाई यही असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले अर्थमन्त्रालयको पत्र अनुसार असार १० भित्रै स्थानीय तहले आफ्नो गाउँ तथा नगरसभामा बजेट पेश गरिसक्न निर्देशन दिएको हो । 

 

अन्तरसरकारी वित्त हस्तान्तरण ऐन अनुसार स्थानीय तहले असार १० सम्म बजेट पेश गरिसक्नुपर्छ । यो व्यवस्था स्मरण गराउँदै सङ्घीय सरकारले स्थानीय तहलाई समयमै बजेट ल्याउन ध्यानाकर्षण गरएको हो । 

 

समयमै बजेट नआए सरकारबाट सम्बन्धित स्थानीय  तहमा जाने अनुदान र राजश्व बाँडफाँटको प्रावधनमा समस्या हुने चेतावनी अर्थ मन्त्रालयले दिएको छ । सङ्घीय सरकारको बजेट जेठ १५ र प्रदेश सरकारको बजेट असार १ गते पेश गर्नुपर्ने हुन्छ । यसैका आधारमा स्थानीय तहले बजेटको अङ्क टुङ्गो लगाउनुपर्ने हुन्छ । 
 

प्रतिकृया दिनुहोस