• २०८१ बैशाख ११ मंगलबार / Tuesday, April 23

विवाद टुंगियो : गलबन्दी च्यातियोमा शम्भु राईको संगीत राखिने

संगीत मिलेको निष्कर्ष

Fm Radio Link

काठमाडौं, गायक शम्भु राई र प्रकाश सपूतबीच गीत चोरीका विषयमा बढेको विवाद टुंगिएको छ ।

 

सपूतको ‘गलबन्दी च्यातियो’ बोलको गीत राईको देउसी भैलो गीतको लय तथा संगीतसँग मिलेको निष्कर्ष निकाल्दै उनीहरु सहमतिमा पुगेका हुन् । सहमतिअनुसार गलबन्दी च्यातियोमा शम्भु राईको संगीत राखिने भएको छ ।

 

 

सहमतिपत्रमा भनिएको छ, ‘दुवै गीतमा भाका मिल्न गएको हकमा लोक दोहोरी गलबन्दी बोलको गीतको संगीत सिर्जना शम्भु राई र पुनः संगीत सिर्जना प्रकाश सपुत हुने गरी यु ट्युबको हकमा प्राविधिकरुपमा मिल्नेसम्म शम्भु राईको नाम समावेश गरी सच्याउने तथा अन्य प्रकाशन गरिने क्षेत्रमा सोही बमोजिम नाम समावेश गरी ‘गलबन्दी’ बोलको गीतलाई प्रकाशन गरिनेछ ।’

 

 

दुई गायकबीच भएको चार बुँदे सहमतिपछि राईले कम्पनी रजिष्टारमा दर्ता गराएको ‘चोरी मुद्दा’ फिर्ता हुने भएको छ ।

प्रतिकृया दिनुहोस