• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

टीकापुर पोलिटेक्निक इन्ष्टिच्यूटलाई नमूना पोलिटेक्निक इन्ष्टिच्यूट घोषणा

Fm Radio Link

टीकापुर कैलाली, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री मन्त्री गिरिराजमणी पोखरेलले टीकापुर पोलिटेक्निक इन्ष्टिच्यूटलाई नमूना पोलिटेक्निक इन्ष्टिच्यूट घोषणा गर्नुभएको छ । हिजो एक कार्यक्रमकाबीच मन्त्री पोखरेलले हरेक प्रदेशमा एक नमूना प्राविधिक शिक्षालय बनाउने सरकारी नीति अनुसार सुदूरपश्चिम प्रदेशको नमूना शिक्षालय टीकापुरलाई घोेषणा गर्नुभयो ।

 

उहाँले अब पढाउने नभई सिकाउने शिक्षा आवश्यक भएको र शिक्षालाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई संमृद्धिसंग जोडेर देश सम्बृद्ध बनाउनु पर्ने बताउनुभयो । उहाँले टीकापुर प्राविधिक शिक्षालयलाई यसैवर्ष ५ करोड बजेट छुट्टयाईको  जानकारी दिँदै शिक्षकहरुलाई विद्यार्थीलाई ज्ञान र सीपसँगै चरित्रपनि सिकाउन आग्रह गर्नुभयो । 

प्रतिकृया दिनुहोस