• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

लोकसेवा आयोगले निकालेको विज्ञापनमा झन्डै साढे ४ लाखद्धारा आवेदन

Fm Radio Link

काठमाण्डौ, लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि प्रकाशित गरेको विज्ञापनमा चार लाख ४१ हजार एक सय ४१ जनाले आवेदन दिएका छन् । नौ हजार एक सय ६१ पदका लागि गरिएको विज्ञापनमा माग गरेको पद भन्दा ४८ गुणा बढी आवेदन परेको हो ।

 

आवेदन दिनेमा एक लाख तीन हजार पाँच सय ६७ जना महिला, ४३ हजार तीन सय २० जना आदिवासी जनजाति, २४ हजार ९० जना मधेसी, तीन हजार ९१ जना दलित, एक सय ४६ जना अपांगता भएका व्यक्ति र एक सय १६ जना पिछडिएका क्षेत्रका आवेदनकर्ता रहेका आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

 

उहाँका अनुसार आयोगले विज्ञापन आवेदनबाट १४ करोड, चार लाख ११ हजार ५० रुपैयाँ राजस्व संकलन भएको छ । लोक सेवा आयोगको उक्त विज्ञापनमा असार १० गतेसम्म आवेदन दिने म्याद तोकिएको थियो ।

 

दोब्बर दस्तुर तिरेर थप एक हप्तासम्म आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो । दोब्बर दस्तुर तिरेर पनि आवेदन गर्ने मिति गएराति १२ बजेबाट सकिएको थियो ।

प्रतिकृया दिनुहोस