त्रिशुली नदिमा ट्रक खस्दा दुई जनाको मृत्यु
धादिङ ,पृथ्वीराजमार्ग अन्र्तरगत चितवनको ईच्छाकामना गाउँपालिकाको चुम्लिङटार नजिकै त्रिशुली नदिमा ट्रक खस्दा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने १ जना घाईते भएका छन् ।
मुग्लिनबाट काठमाडौँ लागि छुटेका ना ७ ख ६७६५ नम्बरको ट्रक आज विहान त्रिशुली नदिमा खसेको ईलाका प्रहरी कार्यलय मुग्लिनले जनाएको छ । घाइतेको उद्धार गरी उपचारका लागि भरतपुर पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । घाइते र मृतक परिचय भने नखुेले प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस5>