• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

रोकियो तरकारी र फलफूलको विषादी जाँचको काम

Fm Radio Link

काठमाडौं, सरकार सीमा नाकामा विषादी जाँच्ने निर्णयबाट पछि हटेको छ । भारतीय दुताबासले पत्र नै लेखेर विषादी जाँचको काम नगर्न भनेपछि भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणमा कडाई गर्ने नीतिबाट सरकार पछि हटेको हो ।

 

भारतीय दूतावासले लिखित पत्र पठाएर दबाव दिएपछि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ६ महिनाका लागि यो नीति स्थगित गरेको हो । तर सरकारले भने पर्याप्त तयारी नपुगेका कारण विषादी परीक्षणको काम स्थगित गरिएको बताएको छ । कृषि मन्त्री चक्रापाडी खनालका अनुसार विषादी परीक्षणका लागि आवश्यक तयारी नभएकाले स्थगितको निर्णय गरिएको हो ।

 

नेपाल भारत सीमा नाकामा विषादी परीक्षण र क्वारेन्टाईनका लागि आवश्यक पूर्वाधार निमार्णपछि मात्रै निकासी पैठारी नीतिको पूर्ण कार्यन्वयनमा जाने आपूर्ति मन्त्रालयले जनाएको छ । सरकारले २ असारमा राजपत्रमा सूचना प्रकाशित गरी भन्सार बिन्दुमा क्वारेन्टाईन र जीवनाशक विषादीको अवशेष अनिवार्य परीक्षण गर्ने नीति ल्याएको थियो ।

 

तर, भारतले गम्भीर चासो व्यक्त गर्दै नेपाल सरकारलाई निर्णय फिर्ता लिन दबाब दिएको थियो । नेपालको परिवर्तित निकासी पैठारी नीतिले आफ्ना कृषक र व्यवसायी मारमा परेको भन्दै भारतीय दूताबासले पत्र लेखेको   हो । 
 

प्रतिकृया दिनुहोस