• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

पानी नपर्दा १५ प्रतिशत मात्र रोपाइँ 

Fm Radio Link

काठमाडौं, समयमा पानी नपर्दा मुलुकभरमा रोपाइँ प्रभावित भएको छ । पानी नपरेपछि किसानका खेत बाँझै छन् भने राखिएको धानको बीउसमेत जोगाउन समस्या भएको छ ।

 

कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता तेजबहादुर सुवेदीले समयमै मनसुन सक्रिय भएर भारी वर्षा नहुँदा मध्यपहाडी क्षेत्रमा धान लगाउन ढिला भएको बताउनुभयो । गत वर्ष असार १५ सम्म २० प्रतिशत धान रोपाइँ भएको थियो । यस वर्ष असार २० गतेसम्म १५ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ ।

 

धान उत्पादनको पकेट क्षेत्र मानिने मध्य तथा पूर्वी मधेसका जिल्लामा भने हालसम्म ११ प्रतिशत मात्रै रोपाइँ भएको छ । वार्षिक नेपालमा १४ देखि १५ लाख हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ । पचास प्रतिशत क्षेत्रफल झापादेखि पर्सासम्मको मध्य तथा पूर्वी मधेसका ११ जिल्लाले ओगटेको छ ।

 

मध्य पहाडी भू–भागमा असार अन्तिमसम्म रोपाइँ गरिन्छ तर असार अन्तिमसम्म पर्याप्त वर्षा नभएको र तत्कालै पर्ने सम्भावना नहुँदा उत्पादनमा असर पर्न सक्ने कृषि तथा पशुपक्षी मन्त्रालयका प्रवक्ता सुवेदीले बताउनुभयो । 

प्रतिकृया दिनुहोस