• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

८ क्याम्पसका १ सय ३५ विद्यार्थीको रजिस्ट्रेसन

Fm Radio Link

काठमाडौं, कृषि तथा वन विज्ञान विश्वविद्यालयले निजी क्याम्पसमा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेसन गरेको छ । निजी क्याम्पसको सम्बन्धनबारे उत्पन्न विवादका कारण रजिस्ट्रेसनबारे अन्योल देखिएको भए पनि विश्वविद्यालयले १ सय ३५ जना विद्यार्थीको रजिस्ट्रेशन गरेको रजिस्टार मनराज कोलाक्षपतिले बताउनुभयो ।

 

विश्वविद्यालयद्वारा अस्थायी सम्बन्धन दिइएका आठ क्याम्पसमध्ये सात क्याम्पसमा चारदेखि ३५ जनासम्म भर्ना भएकाले उनीहरूको रजिस्टेसन गरिएको कोलाक्षपतिको भनाइ छ । गत वर्षको असारमा बसेको विश्वविद्यालय कार्यकारी परिषद् बैठकले सात जिल्लाका आठ निजी क्याम्पसलाई सम्बन्धन दिने निर्णय गरेको थियो ।

 

जसमा झापाको पूर्वाञ्चल कृषि क्याम्पस, इटहरीको जीविका कृषि उद्यान कलेज, ललितपुरको भ्याली कृषि क्याम्पस, नवलपरासीको रामनगर टेक्निकल एन्ड म्यानेजमेन्ट कलेज, कोहलपुरको गोर्खा युनाईटेड पब्लिक स्कुल, सुर्खेतको ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस र नवलपुरको हिमछाया क्याम्पस रहेका छन् ।

 

निजी क्याम्पसलाई सम्बन्धन दिएको भन्दै विश्वविद्यालय नै ठप्प पारेर विद्यार्थी र प्राध्यापकले आन्दोलन गरेका थिए । गत वर्षको साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धन दिने निर्णय खारेज गरेको भए पनि निजी कलेज सञ्चालकहरूले सर्वोच्च अदालतमा रिट हालेका थिए ।

 

मुद्दा अदालती प्रक्रियामै छ । अदालतको अन्तरिम आदेशको विश्वविद्यालले पालन गरेर विद्यार्थीहरुको रजिस्ट्रेसन गरिएको रजिस्टार कोलाक्षपतिको भनाइ छ । 

प्रतिकृया दिनुहोस