• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

हरिनगर गाउँपालिकाको शिक्षा समितिले ग¥यो निजी विद्यालयको शुल्क निर्धारण

Fm Radio Link

अन्सार अन्सारी/इनरुवा, हरिनगर गाउँपालिकाको शिक्षा समितिले निजी विद्यालयको शुल्क निर्धारण गरेको छ । असार २१ गते निजि विद्यालयका प्रधानध्यापक र शिक्षा समितिको बैठकले शुल्क निधारण गरेको हो ।

 

अब निजि क्षेत्रका विद्यालयहरूले नर्सरीमा मासिक ७५०, एलकेजीमा मासिक ८५०, यु केजि १०००, कक्षा १ मा ११००, कक्षा २ मा १२००, कक्षा ३ मा १४००, कक्षा ४ मा १५००, कक्षा ५ मा कक्षा ६ मा १८००, कक्षा ७ मा १८५०, कक्षा ८ मा कक्षा ९ मा २००० र कक्षा १० मा  २१०० मात्र लिन पाउने छन् ।


साथै हरिनगर गाउँपालिका भित्र संचालित संस्थागत विद्यालयमा अध्यापन सेवारत शिक्षक शिक्षिकाहरुको तलब तहगत १. पुर्व प्राथमिकतह नर्सरी, एल केजि, यु केजि ६०००(छ  हजार)  न्युनतम, प्राथमिकतह (आधारभूत तह) १,५ सम्म ९००० (नौ हजार ), नि.मा.बि तह ६,८ मा १२५००, मा.वि.तह  ९ र १० मा १५००० सम्म  दिने गर्ने व्यवस्था गरेको छ ।

 

गाउँपालिका भित्र संचालितरहेकोे संस्थागत विद्यालयको गाउँपालिका स्तरीय  संस्थागत बिधालय संचालन सहयोग समिति गठन गरेको हो । समितिमा संयोजक : आजद अन्सारी (होलि लाईफ पब्लिक स्कुल) सह संयोजक : कैस सना अन्सारी (एभरेष्ट पब्लिक स्कुल) सदस्यहरु कमल प्रसाद राउत, सुरेन्द्र मेहता, वसिम अख्तर, रिजवान अन्सारी, समिम अन्सारी, नौमान अन्सारी, अरविन्द कुमार उराँ गरि ९ जनाको संचालन समिति गठन गरेको छ ।


निर्धारण गरेको शुल्कहरु र तलब यहि साउन १ देखि लागुहुने हरिनगर गाउँपालिका कार्यपालिका सदस्य तथा शिक्षा समिति सदस्य सुशील ठाकुरले बताए । हरिनगर गाउँपालिका शिक्षा शाखा प्रमुख अजित कुमार मल्लिकको अध्यक्षतामा बसेको बैठकमा हरिनगर गाउँपालिका भित्ररहेको २१ वटा संस्थागत विधालयहरुका प्रधानध्यापकहरुको सहभागितारहेकोे थियो । 
 

प्रतिकृया दिनुहोस