विश्वकपमा आज भारत र न्युनिल्याण्डबिच प्रतिस्पर्धा हुँदै
काठमाडौं,आईसीसी विश्वकप क्रिकेट अन्तरगतको भारत र न्युजिल्याण्डविचको खेल आज हुँदैछ । म्यानचेस्टरमा वर्षाका कारण भारत र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल खेल स्थगित भएको हो । अब स्थगित खेल रिजर्भ डेको दिन आज पुन खेलाईनेछ ।
आईसीसीको नियम अनुसार सेमिफाइनल खेल तोकिएको दिन हुन नसके रिजर्भ डे मा खेलाइनेछ। खेल पुरै ५०–५० ओभरकै हुनेछ । आज पनि खेल हुन नसकेमा भारत फाइनल पुग्नेछ । लिग चरणमा न्युजिल्याण्ड भन्दा माथि रहदै धेरै अंक जोडेको कारण भारतलाई फाइदा पुग्नेछ ।
प्रतिकृया दिनुहोस5>