• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

हिलाम्य सडकमा नेकपा नेता छोरा अन्सारीको राज, मौन उपभोक्ता समिति

सडक बिचमा हिलो र पानी

Fm Radio Link

सुनसरी, हरिनगर गाउँपालिका वडा १ साबिकको रामनगर भुटाहा चपडाही जाने बाटो मस्जिद देखि सहिदघर सम्मको बाटोमा सवारी साधनहरु हिलोमा लडिबडी गर्छन् ।  नेकपा नेता लस्करी अन्सारीको घर पनि त्यहि नजिक पर्छ । 

 

बर्षायामको सुरुवात सँगै सडक बिचमा हिलो र पानी जमेको छ  । सर्वसाधारणलाई आवतजावत गर्न त समस्या छ नै,  सवारी साधनको आवागमनले झनै सास्ती थपिएको छ । 

 

बाटो करिब ५०० मिटर लम्बाइमा रहेको  छ । त्यहि बाटो बनाउनदाँ कसैलाई काखा कसैलाई पखा गरेर काम गरेको गुनासो पोख्छन्  त्यहाँका स्थानिय । यो पश्नको जवाफ उपभोक्ता समिति सँग छैन । 

 

स्थानिय भन्छन्, उपभोक्ता समिति गठन भयो नेकपा नेता लस्करी अन्सारीका छोरा सराज अन्सारीको नेतृत्वमा अनि सबै नेकपा नेता कार्यकर्ता नै भरिए समितिमा । प्रदेश सरकार बाट प्राप्त भएको बिकासे बजेट नेकपा नेता कार्यकतामा नै बाडफाँड भयो । 

 

उपभोक्त समितिको अध्यक्षमा सहिद अन्सारी रहेका छन्, तर काम लस्करी अन्सारीको छोरा सराज अन्सारीले गरार्इ रहेका छन्  ।वर्षा सुरु भए सँगै काम सुरु गरे, के कति रकमको बजेट हो त्यो पनि गोप्य नै  राखिएको छ । 

 

सडक निर्माणको काम हुँदा माटो व्यवस्थित गरि हालिएन, अब हिलोमा माटो को मात्रा धेरै भएको ग्राबिल हाल्दा हिलो झनै बढेको छ । यस बिषयमा हरिनगर गाउँपालिका वडा नम्बर १  का वडाअध्यक्ष अब्दुल लतिफ अन्सारीलाई जिज्ञासा राख्दा उनले आफुलाई  पनि परियोजना बाट जानकारी नपाएको बताए ।

 

सडक, सडक जस्तै हुनु आवश्यक छ त्यसको लागि सबैले आफ्नो जिम्मेवारी पुरा गर्न र जनताले चासो देखाउन आवश्यक देखिन्छ ।

प्रतिकृया दिनुहोस