बाढी प्रभावित क्षेत्रमा सांसद मोदी आउँदाको खुशी
बाढी प्रभावित क्षेत्रको उद्धारमा सक्रिय भए नेकपा सांसद मोदी
अन्सार अन्सारी/विराटनगर, मोरङको क्षेत्र नं.४ बाट निर्वाचित नेकपा सांसद अमन लाल मोदी बाढीबाट प्रभावित क्षेत्रको अनुगमन सँगै उद्धारमा सक्रिय भएका छन् ।
सांसद मोदी आज बाढिपिडीतहरुको अनुगमन सँगै उद्दारका क्रममा कटहरी गाउँपालिका अन्तर्गतका बिभिन्न बस्तिमा पुगेका छन् ।बाढीबाट प्रभावित भएको जनताहरु दुखद् समयमा सांसद मोदी आउँदा त्यहाँका स्थानीयहरुले खुशी व्यक्त गरेका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी, स्थानिय पार्टीका नेता कार्यकर्ता, र नेपाल प्रहरीको टोलि सहितको सहभागितामा कटहरी गाउँपालिकाको विभिन्न ठाँउमा आज बाढिपिडितहरुको अनुगमन तथा उद्धार गरिएको स्वकीय सचिब ताजिम अन्सारीले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस5>