• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

मलेसियाविरुद्वको पहिलो टी ट्वान्टी क्रिकेटमा नेपाल टस हारेर फिल्डिङ गर्दै

Fm Radio Link

मलेसियाविरुद्वको पहिलो टी ट्वान्टी क्रिकेटमा नेपालले टस हारेर फिल्डिङ गरिरहेको छ । कोलालाम्पुरस्थित किनरारा ओभलमा घरेलु टोली मलेसियाले टस जितेर ब्याटिङ गरिरहेको छ ।

 

ताजा अवस्थामा मलेसियाले ८ ओभर खेल्दै २ विकेटको क्षतिमा ५१ रन बनाएको छ । नेपालका लागि सोमपाल कामी र बसन्त रेग्मीले एक÷एक विकेट लिएका छन् । पारस खड्का कप्तानीको नेपालको प्लेइङ सेटमा ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, सोमपाल कामी, करण केसी, बिनोद भण्डारी, प्रदीप ऐरी, सन्दीप लामिछाने, रोहित पौडेल र ललित राजवंशी छन् ।

 

सिंगापुरमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकप एसिया फाइनलको तयारी गर्न नेपाली टिम मलेसियामा रहेको छ । नेपालले मलेसियासंग दुई म्याचको टी–ट्वान्टी सिरिज खेल्ने छ । सन् २०२० मा अष्ट्रेलियामा हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ ।

 

एसिया फाइनलमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसँग खेल्नेछ ।
 

प्रतिकृया दिनुहोस