• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

पहिलो टी–२० मा नेपालले मलेसियालाई ७ विकेटले हरायो

Fm Radio Link

काठमाडौं, पहिलो टी–२० मा नेपालले मलेसियालाई ७ विकेटले पराजित गरेको छ । यससँगै दुई म्याचको सिरिजमा नेपाल १–० ले अगाडि रहेको छ ।

 

किनरारा ओभलमा मलेसियाले प्रस्तुत गरेको एक सय २९ रनको लक्ष्य नेपालले नौ बल बाँकी छँदा तीन विकेट गुमाएर भेट्टाएको हो । पारस खड्का र प्रदिप ऐरी ओपनिङमा आएका थिए तर, प्रदिप सस्तैमा आउट हुनुभयो । ज्ञानेन्द्र मल्ल साथ र रोहितकुमार पौडेल मात्र पाँच रनमा आउट भए तर कप्तान खड्काले कप्तानी इनिङ खेल्नुभयो ।

 

उहाँले मात्र ५० बलमा आठ चौका र पाँच छक्काको मदतमा अविजित ८६ रन बनाउनुभयो । चौथो विकेटका लागि उहाँले शरद भेषावकरसँग ६१ रनको साझेदारी गर्नुभयो । शरद भेषावकर १६ रनमा अविजित रहनुभयो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा नौ विकेट गुमाएर एक सय २८ रन बनाएको थियो ।

 

उसका भिरनदिप सिंहले ५७ रन बनाउनुभयो भने अहमेद फैजले ४५ रन जोड्नुभयो । दुबैले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरेका थिए । अरु ब्याट्सम्यान चल्न सकेनन् । उसका पाँच ब्याट्सक्यान त शुन्यमै आउट भएका थिए ।

 

मलेसियालाई सस्तैमा समेट्ने क्रममा करण केसीले ३ विकेट लिनुभयो भने सन्दीप लामिछाने र बसन्त रेग्मीले दुइ–दुइ र समेपाल कामीले एक विकेट आफ्नो नाममा लेखाउनुभयो ।

प्रतिकृया दिनुहोस