• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

अवरुद्ध भएका राजमार्गमा तत्कालन बेलिब्रिज बनाउने सरकारको निर्णय

Fm Radio Link

बाढी र पहिरोका कारण अवरुद्ध विभिन्न राजमार्गमा तत्काल बेलिब्रिज बनाउने सरकारले निर्णय गरेको छ । आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को  आकस्मिक बैठकले बाढी, डुबान र पहिरो पीडितलाई राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सीआईएनलाई जानकारी दिनुभयो ।

 

गएको बिहीबार रातिदेखि लगातार परेको पानीका कारण आएको बाढी, पहिरो र डुबानमा परी ५१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पीडित परिवारलाई राहत दिन राहत कोषमा भएको पैसाले नपुगेमा थप पैसा दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।

 

सबै सुरक्षा अङ्ग र सरकारी निकायलाई उद्धारमा खटिन निर्देशन दिने निर्णय पनि सरकारले गरेको छ ।  
 

प्रतिकृया दिनुहोस