• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

आज पनि देशका धेरै स्थानमा वर्षा हुने

Fm Radio Link

काठमाडौं, मौसम पूर्वानूमान महाशाखाले आज दिउँसो देशभर सामान्य देखि पूर्णतया बदली रही देशका धेरै स्थानहरूमा वर्षा हुने जनाएको छ । देशको पश्चिम तथा मध्य क्षेत्रका थोरै स्थानमा र पूर्वका एक वा दुई स्थानमा भारि वर्षा हुने मौसम विद राजु प्राधानाङले सीआईएनसँग बताउनुभयो ।

 

उहाँले आज राति पनि देशभर पूर्ण वदलि रही अधिकांश स्थानहरूमा वर्षा हुने भन्दै देशको पश्चिमी र मध्य क्षेत्रका थोरै स्थानहरुमा र पूर्वका एक वा दुई स्थानमा भारि वर्षा हुने बताउनुभयो ।

 

मौसम विद प्राधानाङले आउने २४ घन्टासम्म देशको पूर्व, मध्य र पश्चिम क्षेत्रका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको र यसको कारणले गर्दा देशको पहाडी भू भागमा पहिरो जान सक्ने तथा तराइका नदीहरुमा जलको वहाव र स्तर बढ्न सक्ने सम्भावना रहेको भन्दै सचेत रहन आग्रह गर्नुभएको छ । 

प्रतिकृया दिनुहोस