• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

आज र भोलि सतर्कता अपनाउन पूर्वानुमान महाशाखाको आग्रह

Fm Radio Link

काठमाडौं, अझैँ केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पर्सिदेखि मनसुन कम सक्रिय हुने मौसमविद् गङ्गा नगरकोटीले सीआईएनसँग बताउनुभयो ।

 

आज र भोलि भने सतर्कता अपनाउनुपर्ने उहाँको भनाइ छ । आज देशको पूर्वी, मध्य र पश्चिमी भू–भागमा भारी वर्षा हुने सम्भावना भएकाले आउँदो २४ घण्टासम्म सचेत रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेकाले मनसुन अझैँ सक्रिय रहने भएको हो ।

 

लगातारको वर्षाका कारण देशको पहाडी क्षेत्रमा पहिरो र तराईमा बहने नदीमा पानीको बहाव बढेर बाढी जान सक्ने भन्दै महाशाखाले सचेत रहन आग्रह गरेको छ । हवाई तथा सडक यातायातसमेत वर्षा र कम भिजिबिलिटीका कारण सामान्य अवरोध आउन सक्ने महाशाखाले जनाएको छ ।

 

पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरूमा बहाव केही बढ्ने छ । कैलाली, कञ्चनपुर डडेल्धुरा, डोटी, अछाम, सुर्खेत, जाजरकोट, सल्यान, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु जिल्लाका खोलामा आकस्मिक बाढीको सम्भावना छ । 
 

प्रतिकृया दिनुहोस