• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

राष्ट्रपति ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित

Fm Radio Link

काडमाण्डौं, चार महिला सांसदमाथि नश्लवादीको टिप्पणी गरेको भन्दै अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध खेद प्रस्ताव पारित गरेको छ । राष्ट्रपति ट्रम्पले गरेको टिप्पणी नश्लवादी भएको ठहर गर्दै संसद्ले खेद प्रस्ताव पारित गरेको हो ।

 

१ सय ८७ जना डेमोक्र्याटिक सदस्य रहेको प्रतिनिधिसभाबाट यो प्रस्ताव २ सय ४० मतले पारित भएको हो । संसद्का अन्य सदस्यले पनि यो प्रस्तावको समर्थन गरेका छन् । खेद प्रस्ताव पारित भए पनि यसको कुनै कानुनी वैधता भने नहने बताईएको छ ।

 

अधिकांशले ट्रम्पलाई नश्लवादी भएको आरोप लगाएका छन् । तर राष्ट्रपति ट्रम्पले भने आफू नश्लवादी नभएको बताउनुभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् । 

प्रतिकृया दिनुहोस