• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

आजदेखि सामाजिक सुरक्षा योजना लागू

Fm Radio Link

काडमाण्डौं,  गएको २०७५ साल मंसिर ११ गते शुभारम्भ भएको योगदानमा आधारित सामाजिक सुरक्षा योजना आजदेखि लागू भएको छ । सामाजिक सुरक्षा कोषले आजदेखि औपचारिक रुपमा योजना कार्यान्वयनमा आएको जानकारी दिएको छ ।

 

कोषले प्रारम्भमा सबै नागरिकलाई औषधी उपचार, मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना तथा आश्रित परिवार सुरक्षा योजना र बृद्धावस्था सुरक्षा योजना सहित ४ वटा मुख्य योजना सञ्चालनमा ल्याएको छ । योगदान वापतको रकम सामाजिक सुरक्षा कोषमा जम्मा गरे पश्चातमात्र कोषले सञ्चालनमा ल्याएका कोष योजना बमोजिमका सुविधा प्राप्त गर्न पाइने छ ।

 

दुर्घटना तथा अशक्तता सुरक्षा योजना योगदान रकम प्राप्त भएकै मितिबाट र अन्य योजना सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधिमा तोकिए बमोजिमको अवधि पूरा भएपछि मात्र लागू हुनेछन् ।

 

सामाजिक सुरक्षा योजना सञ्चालनमा देखिएका नीतिगत, कानूनी तथा प्रक्रियागत समस्या समाधान गर्ने तथा सामाजिक सुरक्षा योजनालाई थप आकर्षक बनाउने उद्देश्यले निजी क्षेत्र, रोजगारदाता र श्रमिकबाट विभिन्न समयमा प्राप्त सुझाव समेतको आधारमा सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ परिमार्जन समेत गरिएको हो । यसबाट सामाजिक सुरक्षा योजनामा उत्साहजनक सहभागिता हुने विश्वास कोषको छ ।

प्रतिकृया दिनुहोस