• २०८१ बैशाख १२ बुधबार / Wednesday, April 24

बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणको काम अब शुरु हुने गृहमन्त्रीको भनाइ

Fm Radio Link

काडमाण्डौं, गृहमन्त्री रामबहादुर थापाले बाढी पहिरो प्रभावित क्षेत्रमा अब पुनर्निमार्णको प्रक्रिया थाल्ने बताउनुभएको छ । बाढी तथा डुवानले प्रभाव पारेको प्रदेश नम्बर दुईको अवस्था अध्ययन गर्न रौतहट पुग्नुभएका गृहन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै मुख्यरुपमा उद्धारको काम सकिएकोले अब पुनर्निर्माणको प्रकृया शुरु हुने बताउनुभयो ।

 

उहाँले प्राकृतिक विपत्तिबाट कम भन्दा कम क्षति होस् भन्ने कुरामा सरकारका गम्भीर भएको र त्यसका लागि पूर्वतयारी अवस्थामा सरकार रहेको बताउनुभयो ।

 

विपद् न्यूनीकरणका लागि विपद् व्यवस्थापन परिषद्ले सबै तहमा काम गरिरहेको गृहमन्त्रीले थापाले बताउनुभयो । गृहमन्त्रीसँगै पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री उपेन्द्र यादव लगायत प्रभावित क्षेत्रको अनुगमनका लागि रौतहट पुग्नुभएको छ ।

प्रतिकृया दिनुहोस