• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

बेगनास तालमा डुबेका एक जनाको उद्धार

Fm Radio Link

पोखरा ।

पोखराको बेगनास तालमा डुबेका एक जनाको उद्धार गरिएको छ । पोखरा महानगरपालिका वडा नं ३१ स्थित तालमा आज पौडी खेल्ने क्रममा डुबेका सोही स्थान बस्ने वर्ष २२ का रविन भुषाललाई प्रहरीले तालबाट उद्धार गरेको हो ।

भुषाल डुबेको भन्ने सूचना प्राप्त भएपछि शिसुवामा रहेको प्रहरीको सिआरभी र इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले स्थानीयको सहयोगमा उद्धार गरेको प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले जानकारी दिए।

तालमा डुबेका उनलाई तालबाट निकाली तत्कालै लेखनाथ सामूदायिक अस्पताल पठाईएकोमा प्राथमिक उपचारपछि थप उपचारको लागि पश्चिम क्षेत्रिय अस्पताल पोखरा ल्याइएको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस