एमबिबिएस प्रवेश परीक्षा तत्काल सञ्चालन नगर्न सर्वाेच्चले अन्तरिम आदेश
काठमाडौं, त्रि.वि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको एमबिबिएस प्रवेश परीक्षामा तत्काल सञ्चालन नगर्न सर्वाेच्चले अन्तरिम आदेश दिएको छ ।
चिकित्सा शिक्षा ऐन विपरित परीक्षा लिन लागेको भन्दै आयुष ओझाले आदलतमा रिट दायर गर्नुभएको थियो । उक्त रिटको सुनुवाई गर्दै न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले परीक्षा रोक्न आदेश दिएको हो ।
भोली एमबिबिएसको प्रवेश परिक्षाको लागि मिति तोकिएको थियो तर सर्वाेच्चले आइओएमको प्रवेश परीक्षा तत्काललाई रोक्न आदेश दिएको हो । अदालतले छलफलका लागि २५ गते अदालतमा उपस्थित हुन पनि आदेश दिएको हो ।
प्रतिकृया दिनुहोस5>