• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

फौजि किरा नियन्त्रणका लागि विज्ञ टोली जिल्लामा

Fm Radio Link

काठमाडौं, देशका अधिकांश जिल्लामा मकै बालीमा फौजिकिराले आक्रमण गरेको छ । ओखलढुंङ्गा, रामेछाम, खोटाङ्ग लगाएतका जिल्लामा मकै बालीमा फौजिकिराको आक्रमण बढेपछि नियन्त्रणका लागि सरकारले विज्ञ टोली सहितको कर्मचारी पठाएको छ ।

 

यदि आफ्नो बारीमा फौजि किराले आक्रमण गरेको भए कृषि ज्ञान केन्द्रका कर्मचारीहरुलाई सम्पर्क गर्न सरकारले किसानलाई आग्रह गरेको छ । कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका सचिव युवकध्वज जिसीले मकै बालीमा मात्रै लागेको फौजिकिरा जुनेलो, प्याज, बन्दा, कपास, गहुँ लगाएत सबै बालीमा लाग्ने भएकाले किसानहरु सतर्क हुनुपर्ने बताउनुभयो ।

 

मन्त्रालयले रासायनिक विषादीको प्रयोग नगर्न र जैविक विषादीको प्रयोग गर्न समेत आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस