• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

काँग्रेसले आजबाट तीन सय ३० वटै प्रदेश सभा क्षेत्रमा जागरण अभियान सुरु गर्दै

Fm Radio Link

काठमाडौँ, नेपाली काँग्रेसले आजबाट तीन सय ३० वटै प्रदेश सभा क्षेत्रमा दोस्रो चरणको राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । सामाजिक संवाद गर्ने गरी अभियान चलाइने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

 

अभियानमा नेताहरूलाई ‘बोल्ने कम, सुन्ने बढी’ गर्न पार्टीले निर्देशन दिएको छ । अभियानको अन्तिम दिन ७ असोजमा केन्द्रीय तहबाट एउटा मात्र जिल्ला स्तरीय विरोधसभा राखिएको छ । त्यसबाहेक जागरण अभियानको चरणमा पार्टीका नेता एवं प्रतिनिधिले बोल्नेभन्दा सुन्ने विषयलाई विशेष प्राथमिकतामा राखिएको प्रवक्ता शर्माको भनाइ छ ।

 

स्थानीय आवश्यकतानुरूप सम्बन्धित तहले नै यस्तो कार्यक्रम गर्न सक्ने छन् । बीपी कोइरालाको १०६औँ जन्मजयन्तीको अवसर पारेर अभियान सुरु हुन लागेको हो । ३४ हजार नौ सय ८० वटा बिरुवा रोपेर अभियानको उद्घाटन गर्ने कार्यक्रम छ । कार्यक्रमका लागि पार्टीले सबै प्रदेश सभा क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाइएको जनाएको छ । 


यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले तीन वटा विधेयक तत्काल सच्याउन माग गरेको छ । प्रमुख सचेतक बालककृष्ण सरकारले सङ्घीय संसदमा प्रस्तुत गरी सम्बन्धित विषयगत समितिको छलफलमा रहेका ‘‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’’, ‘सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’’, र ‘‘सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’’ सच्याउन माग गरिएको सीआईएनसँग बताउनुभयो ।

 

काँग्रेस सांसदले संविधान प्रतिकूल भन्दै यी विधेयकहरु माथि संशोधन प्रस्ताव राख्नुका साथै समिति एवं उपसमितिहरुमा फरक मत राख्दै आएका छन् ।

प्रतिकृया दिनुहोस