• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

सुनसरीमा पुरुषको बेवारिसे शव फेला

Fm Radio Link

सुनसरी, सुनसरीको हरिनगर गाउँपालिका वडा नम्बर ७ साबिकको घुस्की गाविस ७ धानको खेतमा आज विहिवार १२:३० बजे एक पुरुषको बेवारिसे शव भेटिएको छ ।

निलो रङ्गको फुल जिन्स पाइन्ट लगाएको र शरीरको माथिल्लो भागमा कपडा नलगाएको घांटिमा कालो गम्छा अथवा भेस्ट हुनसक्ने युवकको शव कुहिएको रहेको नाम थर खुल्न नसकेको अन्दाजी ४५ वर्षको जस्तो देखिने शव स्थानीय इल्यास मियाको धानको खेत आलिको छेउमा फेला परेको हो ।

 

घटनास्थलको प्रकृति हेर्दा ३ चार दिन पहिला नै मारेर धान खेतमा लियाएर राखेको कारणले मृत्यु भएको हुनसक्ने प्रहरी चौकी घुस्कीको प्रारम्भिक अनुमान रहेको छ । घटनावारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

 

 

प्रतिकृया दिनुहोस