प्रदेश २ का झन्डै ७ लाख डोम र मुसहर जग्गा विहीन
काठमाडौं, प्रदेश २ का डोम र मुसहर समुदायका झन्डै ७ लाख नागरिक जग्गाविहीन रहेको पाइएको छ । ५० लाख जनसङ्ख्या रहेको प्रदेशमा डोम र मुसहर समुदायसँग उभिने जमिन नहुँदा जीवनयापन गर्न पनि समस्या छ ।
गरिवका लागि सरकारी तहबाटै विभिन्न कार्यक्रम चले पनि ती समुदायलाई कार्यक्रमले छुन सकेको छैन । सीआईएनसँग कुराकानी गर्दै पूर्व भूमि सुुधार तथा व्यवस्थामन्त्री दल बहादुर रानाले बजेट अभावका कारण प्रदेश २ का डोम मसुहरलाई छुन नसकेको बताउनुभयो ।
प्रदेश २ मा डोम र मुसहर समुदायको सबैभन्दा धेरै जनसंख्या छ । तर, त्यी जनसंख्यालाई टेकेर राजनीति पदको हागा समाएकाहरुले हात नदिएको अध्ययनमा लागेकाहरुको अनुभव छ ।
प्रतिकृया दिनुहोस5>