• २०८१ बैशाख ६ बिहीबार / Thursday, April 18

उत्तर कोरियाली नागरिकको लगानीमा नेपालमा सञ्चालित उद्योग तथा व्यवसाय बन्द गर्न सरकारको निर्देशन

Fm Radio Link

काठमाडौं, उत्तर कोरियाली नागरिकको अवैध लगानीमा नेपालमा सञ्चालित उद्योग तथा व्यवसाय बन्द हुने भएका छन् । सरकारले उत्तर कोरियाली नागरिकको लगानीमा सञ्चालित उद्योग तथा व्यवसाय बन्द गर्न निर्देशन दिएको हो ।

 

उद्योग विभागले भदौ तेस्रो सातादेखि लागू हुने गरी दुइ महिनाको समयसीमा तोकेर उत्तर कोरियाली नागरिकलाई आफ्ना उद्योग तथा व्यवसाय बन्द तथा बिक्री गर्न निर्देशन दिएको विभागका निर्देशक प्रेमप्रसाद लुइँटेलले जानकारी दिनुभयो ।

 

परराष्ट्र मन्त्रालयमार्फत उत्तर कोरियाली नागरिकको लगानीमा सञ्चालित उद्योग तथा व्यवसाय बन्द गर्न निर्देशन जारी गरिएको उहाँले बताउनुभयो । उद्योग विभागका अनुसार उत्तर कोरियाली नागरिकको लगानीमा नौ वटा उद्योग तथा व्यवसाय सञ्चालित छन् । जसमध्ये ५ वटा मात्रै होटल तथा रेस्टुरेन्ट छन् । 
 

प्रतिकृया दिनुहोस