• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

डेंगु रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था गर्न सरकारलाई सूचना आयोगको निर्देशन

Fm Radio Link

काठमाडौं, राष्ट्रिय सूचना आयोगले मुलुकभित्र फैलिँदो डेंगु रोगबाट बच्न आवश्यक सूचना प्रवाहको उचित व्यवस्था तत्काल गर्न सरकारलाई निर्देशन दिएको छ । राष्ट्रिय सूचना आयोगले हिजो पत्रकार सम्मेलन गर्दै डेंगु रोगबाट बच्न नागरिकलाई आवश्यक सूचना प्रवाहको उचित व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नाममा निर्देशन जारी गरेको हो ।

 

डेंगु रोग लाग्न नदिन, लागे त्यसबाट बच्ने उपायबारे आम नागरिकलाई उचित सूचना प्रवाह हुनेगरी आवश्यक व्यवस्था देशभर मिलाउन सरकारलाई आदेश दिइएको प्रमुख सूचना आयुक्त कृष्णहरि बाँस्कोटाले सीआईएनसँग बताउनुभयो ।

 

उहाँले सूचनाको अभावमा डेंगु रोगबाट मानिसको मृत्यु हुने, सही सूचनाको अभावमा आतंकित हुनुपर्ने अवस्था नआओस् भनेर सरकारलाई त्यसबारे सही सूचना जनतालाई उपलब्ध गराउन आदेश दिनु परेको बताउनुभयो ।

 

आयोगले यसअघि आइतबार स्वास्थ्य मन्त्रालयका पदाधिकारी र चिकित्सकको टोलीसँग परामर्श गरेको थियो । मुलुकमा आठ हजार भन्दा बढि डेंगु रोगको बिरामी भेटिएका छन् भने ७० हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ । ७ जनाको मृत्यु भइसकेको डेंगु रोग नियन्त्रणका लागि आवश्यक कदम चालिएको सरकारको दावी छ ।

प्रतिकृया दिनुहोस