• २०८१ बैशाख ६ बिहीबार / Thursday, April 18

एएफसी १६ वर्ष मुनिको च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपाल र कुवेतबीचको खेल बराबर

Fm Radio Link

काठमाडौं, जोर्डनमा जारी एएफसी १६ वर्ष मुनिको च्याम्पियनसिप छनोटको दोस्रो खेलमा नेपाल र कुवेतबीचको खेल बराबरीमा टुंगिएको छ । पहिलो खेलमा फराकिलो हार व्यहोरेको नेपालले गयराति भएको खेलमा कुवेतसँग १–१ गोलको बराबरी खेलेको हो ।

 

अम्मानको जार्का सिटीस्थित प्रिन्स मोहम्मद अन्तर्राष्ट्रिय रंगशालामा नेपालका लागि दिपेश राईले गोल गर्नुभयो भने कुवेतका अब्दुलवाहब अलहिन्दिले एक गोल गर्नुभयो । प्रतिस्पर्धात्मक खेलको दुवै गोल दोस्रो हाफमा भएको थियो ।

 

यो बराबरीसँगै समूह ‘ए’ मा रहेको नेपालले २ खेलमा १ अङ्क जोडेको छ । यसअघि पहिलो खेलमा नेपाल जोर्डनसँग ७–० गालको फराकिलो अन्तरले  पराजित भएको थियो ।

 

अब नेपालले तेस्रो खेलमा असोज ३ गते ताजकिस्तानसँग खेल्नेछ भने अन्तिम खेल असोज ५ गते श्रीलंकासँग खेल्नेछ । प्रतियोगिताको शीर्ष टोलीले सन् २०२० मा आयोजना हुने च्याम्पियनसिपको दोस्रो चरणमा स्थान बनाउने छन् ।
 

प्रतिकृया दिनुहोस