• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

संविधान दिवसका अवसरमा निःशुल्क चेकजाँच

Fm Radio Link

काठमाडौं,  संविधान दिवसका अवसरमा सरकारले सबै किसिमको उपचारको चेकजाँच गर्ने भएको छ । असोज २ गते भोलि निशुल्क चेकजाँच गर्न सरकारले निर्देशन दिएको छ ।

 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोज २ गतेका दिन बिरामीबाट टिकटको पैसा नलिन मातहतका निकायललाई निर्देशन दिएको छ । असोज ३ गते संविधान दिवस भव्यताका साथ मनाउने सरकारी तयारी अनुसार सोही अवसरमा स्वास्थ्य संस्थामा ओपीडी सेवाको टिकट निशुल्क गर्न मन्त्रालयले हिजो सूचना निकालेर निर्देशन दिएको हो ।

 

सीआईएनसँग कुराकानी गर्र्दै स्वास्थय मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले सरकारले सबै निकायमा परिपच गसिकेको जानकारी दिनुभयो । निजी अस्पतालले सहयोग गर्न सक्बने तर सरकारको निर्देशन लागु नहुने उहाँको भनाई छ ।

 

सरकारले सबै नागरिकलाई संविधान दिवस मनाउन पनि अपिल गरेको छ । संविधान दिवस भोलि देखि तीन दिन मनाउने तयारी छ । 

प्रतिकृया दिनुहोस