• २०८१ बैशाख १४ शुक्रबार / Friday, April 26

अमेरिका र साउदीबीच तेलको राजनीति सुरु

Fm Radio Link

काठमाडौं, साउदी अरेबियाका प्रमुख तेल प्रशोधन केन्द्रमा भएको हमलापछि अमेरिकी अधिकारीहरुले आफ्नो देशमा भण्डारण गरिएको तेल प्रयोग गर्नुपर्ने माग गरेका छन् ।

 

साउदीले नियमित तेल उत्पादनमा कटौती गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि तत्कालको आपूर्तिलाई सहज बनाउन आफ्नो देशमा आपतकालीन अवस्थाका लागि सञ्चित गरिएको तेल प्रयोगमा ल्याउनुपर्ने अधिकारीहरुले माग गरेका छन् ।

 

तेलको मूल्य बढेसँगै आपूर्ति सहज बनाउन राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि नै निर्देशन दिइसक्नु भएको छ । अन्तर्राष्ट्रिय उर्जा केन्द्रका सदस्य राष्ट्रहरुले तीन महिनाका लागि आपूर्ति गर्न सक्ने गरी तेलको भण्डारण गर्न सक्ने कानूनी व्यवस्था छ । अमेरिकी तेल भण्डाुर विश्वको सबैभन्दा ठूलो आपतकालीन इन्धन भण्डार रहेको बताइएको छ । 

प्रतिकृया दिनुहोस