• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

काठमाडौंमा डेंगुका बिरामीको संख्या घट्दै 

Fm Radio Link

काठमाडौं, काठमाडौं उपत्यकामा डेंगु रोगका बिरामीको संख्या घट्दै गएको अस्पतालले जनाएको छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको पछिल्लो एक साताको तथ्याङ्क अनुसार काठमाडौंमा डेंगु संक्रमितको संख्या घट्दै गएको छ ।

 

हिजो मात्रै डेंगु लागेको आशंकामा जाँच गराउन ४ सय ७८ जना अस्पताल आएका थिए । जसमा ५९ जनामा मात्रै डेंगु पोजेटिभ देखिएको अस्पताल स्रातेले जनाएको छ । सरुवारोग विशेषज्ञ डा.अनुपराज वास्तोलाका अनुसार काठमाडौंमा डेंगु संक्रमितको संख्या विस्तारै कम हुँदै गएको छ ।

 

तर मानिसमा गलत भ्रमका कारण अस्पताल धाउने बानीले गर्दा बिरामीको संख्या भने घटेको छैन ।
 

प्रतिकृया दिनुहोस