• २०८१ बैशाख ७ शुक्रबार / Friday, April 19

कसैको दवावमा आएर चिकित्सा शिक्षा आयोगले काम गर्नु हँुदैन : प्रधानमन्त्री ओली

Fm Radio Link

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगले कसैको प्रभाव वा दवावमा आएर काम गर्न नहुने बताउनुभएको छ ।

 

हिजो पहिलो पटक बसेको आयोगको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा कतिपय कामहरु दवाव, भावना र अन्य प्रकारका सम्बन्धले भएकोले त्यस प्रकारको कमजोरी अब दोहोरिन नहुने बताउनुभयो ।

 

आयोगको अध्यक्ष समेत रहनु भएका प्रधानमन्त्री ओलीले आयोगलाई प्रभावित पार्ने हैसियत कसैको नहुने भएकाले स्वायत्त ढंगले काम गर्न आग्रह गर्नुभयो ।

 

उहाँले नेपालमा ७० प्रतिशत प्राविधिक धारको शिक्षा हुनुपर्ने भन्दै साक्षर बनाउने खालको शिक्षा मात्र नभई जीवन उपयोगी शिक्षा बनाउन पनि आग्रह गर्नुभयो । 
 

प्रतिकृया दिनुहोस