• २०८१ बैशाख १३ बिहीबार / Thursday, April 25

निरन्तरको वर्षाले जनजीवन प्रभावित, आजबाट मौसममा सुधार आउने

Fm Radio Link

काठमाडौं, सोमबारदेखि परेको अविरल वर्षाका कारण देशभरको जनजीवन प्रभावित बनेको छ । वर्षाले गर्दा तराईसहित अन्य क्षेत्र ढुबानमा परेको छ । यस्तै वर्षासँगै आएको बाढी तथा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभाको मकालु गाउँपालिका–६ का २६ वर्षका शुकमाया राई रहेका छन् ।

 

खोलाले बगाएर उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै काभ्रेको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको पसल पुरिँदा तेजबहादुर तामाङका चार वर्षका छोरा दिपेशको मृत्यु भएको छ । लगातारको वर्षाले बाँकेका विभिन्न गाउँहरु डुबानमा परेका छन् ।

 

नेपालगञ्ज बजार पनि जलमग्न बनेको छ । यस्तै सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अधिकांश भूभाग डुबानमा परेको छ । आजबाट भने मौसममा सुधार आउने मौसमविद् राजु प्रधानाङ्गले सीआईएनसँग बताउनुभयो । तर सचेत भने रहनुपर्ने उहाँको भनाइ छ । 

प्रतिकृया दिनुहोस