• २०८१ बैशाख १२ बुधबार / Wednesday, April 24

आज थारु महिलाहरुको महान पर्व जितिया 

Fm Radio Link

काठमाण्डौं, आज थारु महिलाहरुको महान पर्व जितिया निराहर ब्रत बसी उल्लासका साथ मनाउँदै छ । तराईमा सबभन्दा बढी जनघनत्व भएको थारु समुदायका महिलाहरुले हिजै विहान नुहाएर खाना खाई राति विभिन्न परिकारका माछा , तरकारीको थुप्रै परिकार, वल , अरुवा चिउरा , दही ,केराको ओठघन खाने गरेको छ ।

 

आज विहानै नुहाएर निराहर ब्रत बसेका महिलाहरु सानो पोखरी बनाई पुजापाठ गरी जितमहानको कथा सुन्ने प्रचलन छ । अहिले जितिया पर्व नेपालका विभिन्न ठाउँमा महोत्सवकै रुपमा मनाउने गरेका छन ।

 

आफ्नो कला संस्कृति भेषभुषा र रितिरीवाजलाई जगेर्नाका साथै विश्व सामु चिनाउँन महोत्सवको आयोना गरेको थारु महिला सभा सिरहाकी सदस्य मंजु चौधरीले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस