• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

अन्नपूर्ण बेसक्याम्पमा हिउँको ढिस्काले पुरिएर एकको मृत्यु

Fm Radio Link

पोखरा ।

कास्कीको अन्नपूर्ण गाउँपालिका– ११ को बगरमा हिउँपहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । अन्नपूर्ण बेसक्याम्प घुम्न गएका पोखराका तीन जना हिमपहिरोमा परेका हुन् । मृत्यु हुनेमा पोखरा– ५ पस्र्याङका १८ बर्षिय सञ्जय खनाल रहेको प्रहरीले जानकारी दिएको छ ।

हिउँपहिरोबाट थुप्रिएको ढिस्कोले परिदा खनालको मृत्यु भएको खबर आएको कास्की प्रहरी प्रवक्ता राजकुमार केसीले जानकारी दिए । उनले त्यस स्थानमा प्रहरी जादै गरेको बताए ।

घाइते भएका पोखरा सन्तोष बास्तोला र निर्जन कोइरालाको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । घाइतेको हेलिकोेप्टरबाट उद्धार गरि अस्पताल ल्याएको हो छ भने शव खराब मौषमका कारण ल्याउन सकेको छैन ।

हिउँदमा झरेको ढिस्को पग्लिएपछि सुरुङ बनेको र त्यही सुरुङमा फोटो खिच्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु भएको स्थानीयले बताएका छन् ।

प्रतिकृया दिनुहोस