• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

कात्तिक अन्तिम साता पोखरामा ‘देश्ना चन्द स्मृति भेट्रान्स सेभेन ए साईड कप’ हुने

Fm Radio Link

पोखरा ।

पोखरामा आगामी अन्तिम साता ‘देश्ना चन्द स्मृति दोस्रो भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७६’ को आयोजना हुने भएको छ । पोखरा महानगरपालिका १ बगरमा क्रियाशिल ईन्द्रेणी एकीकृत विकास केन्द्रले  आगामी २५ देखी २९ गते सम्म ३५ वर्ष उमेर पुगेकाहरु (भेट्रान्स) बिचको फुटबल प्रतियोगिताको आयोजना गर्न लागेको हो । 

प्रतियोगिताका आर्थिक संयोजक हिटलर घलेले बगर स्थित पुरानो टुडिखेलमा सञ्चालन हुने उक्त प्रतियोगिताको बिजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ६५ हजार रुपैया प्राप्त गर्ने बताए । उनका अनुसार उपबिजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्र सहित नगद ४० हजार प्रदान गरिनेछ । 

त्यस्तै बिद्यागत तर्फ उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, सर्बाधिक गोलकर्ता र अनुशासित टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरिएको घलेले बताए । उनका अनुसार सर्बाेत्कृट खेलाडी (दाम्पत्य) लाई रुपाकोट रिसोर्टको तर्फबाट एकरात आवास तथा खानाको व्यवस्था गरिएको छ । प्रतियोगितामा टिम  दर्ता शुल्क ५ हजार निर्धारण गरिएको छ भने १६ टिमको अपेक्षा गरिएको घलेले बताए । 

खेल संयोजक अञ्जन देवकोटाले बगरमा सञ्चालित ईन्द्रेणी एकेडेमी सञ्चालनका लागि उक्त प्रतियोगिता आयोजना गर्न लागेको बताए  ।  पिता विवेक चन्द र माता ग्रीष्मा चन्दले स्व. छोरी देश्ना चन्दको स्मृतिमा प्रथम पुरस्कार सौजन्य गरेको बताउदै प्रतियोगिताबाट संकलित केही रकम ईन्द्रेणी एकेडेमी सञ्चालनमा खर्चिने बताए । 
 

प्रतिकृया दिनुहोस