• २०८१ बैशाख ८ शनिबार / Saturday, April 20

सरकारको राम्रा कामले कांग्रेस अतालियोः सांसद अधिकारी

Fm Radio Link

पोखरा ।

कास्कीको रुपा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । शुभकामना तथा चिया पान कार्यक्रममा रुपा गाउँपालिका वडानं ७ हंसपुरका रामचन्द्र भुजेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गर्नुभएको छ ।

नेपाली काग्रेस प्रति आस्था राख्ने भुजेल नेपाली काग्रेसले राम्रो लाई राम्रो र नराम्रो लाई नराम्रो भन्न नसक्ने बानीदेखेर आफु नेकपामा प्रवेश गरेको बताउनुभयो । भुजेलले अब नेकमा सक्रिय राजनिति गर्ने पनि बताउनुभयो । भुजेललाई पुर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारी र प्रदेश सांसद दीपक कोइराला (रुपक)ले माला टिका लगाएर भुजेललाई पार्टीमा प्रवेश गराउनु भएको थियो ।

प्रतिनिधि सभाका सांसद समेत रहनु भएका अधिकारीले कम्युनिष्ट सरकारले गरेको राम्रो कामबाट काग्रेस अतालिएको बताउनु भयो । देशमा चौतर्फी विकास भएको छ । अबको तिन बर्ष पछि भोट माग्न जादा काग्रेस भोट माग्ने ठाउँनै नहुने बताउनुभयो । सधै एउटै बाटो र पुल देखाए भोट माग्न पल्केको काग्रेसले अर्को चुनावमा त्यो मौका नपाउने अधिकारीको भनाई थियो ।

गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला (रुपक)ले तिनै तहको सरकारले गरेका कामहरु जनता माझ पुर्याउने काम पार्टी कार्यकतार्को भएको बताउनुभयो । कम्युनिष्ट सरकारले जनताको जिवनस्तर उठाउने गरि काम गरेको भन्दै कोइरालाले विकास शुरुवात कम्युनिष्ट सरकार आएपछि मात्र भएको बताउनुभयो ।

कार्यक्रममा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले जनताले विकासको प्रत्यक्ष अनुभव गर्ने गरि रुपा गाउँपालिकाले काम गरेको बताउनुभयो । अध्यक्ष ओझाले विकासको नमुना हेर्न रुपा जाउँ भन्ने बातावरण आफुहरुले बनाउन सकेको भन्दै उहाँले रुपा गाउँपालिका पहिलो एक घर एक धारा भएको गाउँपालिका बनाउने बताउनु भयो ।

कार्यक्रममा नेकपा जिल्ला सदस्य निर्मला क्रान्ती , अमरदिप पराजुली लगायत बोल्नुभएको कार्यक्रम सभाबक्स मियाँको अध्यक्षता र सञ्चालन उमाकान्त खनाल सन्तोषले गर्नुभएको हो ।
 

प्रतिकृया दिनुहोस