२०८१ बैशाख ११ मंगलबार Tuesday, April 23

ताजा अपडेट :

विद्यालय गइरहेका शिक्षकलाई धारिलो बस्तुले घोचेर फरार:सिरिन्ज आक्रमणको आशंका

हिरो बन्ता है’ भन्दै दाहिने पाखुरामा घोचिदियो’
image

आयुब हुसेन/जनकपुरधाम, बिहीबार बिहान विद्यालय गइरहेका शिक्षक मदन अधिकारीलाई अज्ञात व्यक्तिले धारिलो बस्तुले घोचेर फरार भएका छन्। उनीमाथि सिरिन्ज आक्रमण भएको हुनसक्ने आशंका गरिएको छ।काठमाडौंमा सिरिन्ज आक्रमणको त्रास बढीरहेका बेला यस्तै प्रकृतीको घटना तराइको जिल्ला धनुषामा पनि घटेको छ।

 

पुलकाे पारीपट्टी माेटरसाइकल राेकेर दुइ जना बसेका थिए। केही इसारा गरेपछि मैले मोटरसाइकल रोके, अधिकारीलाई ठिल्लास्थित विद्यालय गइरहेको बेला धनुषाधाम र मखनाहाबीचको बलुवा खोलामा तिखो बस्तुले घोचिएको हो। बलुवा खोलामा निर्माणाधिन पुलको छेउमा पुगेपछि अधिकारीमाथि एक युवकले अपशब्द बोल्दै सुइजस्तो तिखो धार भएको बस्तुले घोचेको उनले बताए।

 

धारिलो बस्तुले घोचेपछि एकछिन आँखै देख्न बन्द भएको उनले बताए। मैले समाचारमा पढेको थिए यस्तो घटना। आफै त्यसको सिकार भइयो। एकछिन त आँखै देखिँन। सामान्य अवस्थामा फर्किने बेलासम्म उनीहरु भागीसकेका थिए।

 

घटनापछि जनकपुर अञ्चल अस्पताल पुगेका शिक्षक अधिकारीले नागरिकसँग भने, ‘मेरो मोटरसाइकल रोकिने वित्तिकै …’हिरो बन्ता है’ भन्दै दाहिने पाखुरामा घोचिदियो।’

 

अधिकारीले भने मेरो पाखुरामा घोच्ने बित्तिकै रोग सा-यो कि ! भनेर डराएँ। मलाई घोच्नेले चल रे चल.. भन्दै बी आर ३०… लेखेको भारतीय नम्बर प्लेटको मोटरसाइकल चढेर टाप कसे’। खोला वारी धेरै मान्छे रहेको र पारी पनि बाटोमा फाटफुट हिँडिरहेको अवस्थामा दिनदहाडै गरेको आक्रमण सर्वसधारणको लागि ठूलो सुरक्षा चुनौति देखिएको भन्दै उनले अपराधीलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न प्रहरीसँग माग गरे।