२०८१ बैशाख १४ शुक्रबार Friday, April 26

ताजा अपडेट :

बस दुर्घटनामा: घटनास्थलमै ३ मृत्यु १७ घाईते

image

आयुब हुसेन,ओखलढुंगा। ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा आज बिहान ३ बजे भएको हो । दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

 

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृततको पहिचान खुल्नसकेको छैन ।घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको यातायात व्यवसायी रमेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार काँकरभिट्टाबाट सोलुखुम्बुतर्फ आउँदै गरेको मे १ ख १८९१ नम्बरको रात्री बस दुर्घटना भएको हो ।

 

भँडारे नजिक पर्ने डडुवा डाडँमा माथिल्लो घुम्तीबाट बस झरेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको सञ्चार शाखाले जनाएको छ । सुरक्षाकर्मी र स्थानीयले घाईतेको उद्धार गरिरहेका छन् । घटनाको विषयमा थप विवरण आउन बाँकी छ ।