२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

समाजवादी पार्टीका नेता नविन यादबले भ्रष्टाचार विरुद्धको आन्दोलन गठन गर्ने तयारीमा

भ्रष्टाचार विरुद्धको आन्दोलनका लागि समिति गठन गर्ने तयारी
image

जनकपुरधाम । भ्रष्टाचार विरुद्धको आन्दोलन सशक्त बनाउन धनुषामा पनि समिति गठन हुने भएको छ । समाजवादी पार्टीका नेता नविन यादबले भ्रष्टाचार विरुद्धको आन्दोलनका लागि समिति गठन गर्ने तयारीमा लागेको बताए ।

 

लोक सेवा आयोगले आरक्षण कटौती गरेर स्थानीय तहका लागि झण्डै ९ हजार कर्मचारीको विज्ञापन निकाल्दा आरक्षण बचाउ नाममा देशभर आन्दोलन जारी छ । जिल्ला जिल्लामा समिति गठन धमाधम भइरहेको छ । धनुषामा हालसम्म समिति नबनेपनि पटक पटक आन्दोलन यूवाहरुले गरेका छन् ।

 

समयमै संविधान संसोधन न भएर मधेसी मुस्लिम महिलाको अधिकार बाट बन्चित भयो भने हामीहरु

आन्दोलनलाई उजाइमा पुर्याउन समिति गठन गरी आवश्यक निर्णय गर्ने नेता यादबले जानकारी दिए । उनले भने जनकपुरको अवस्था सुधारको लागि हामी जे पनि गर्नेछौ। यसविरुद्ध हामी चरणवद्ध आन्दोलन थाल्छौं ।’ उनले लोक सेवा आयोगले आरक्षण कटौती गरी संविधानलाई नै चुनौती दिएको र संघीयतालाई समाप्त पार्न खोजेको आरोप पनि लगाए ।

 

केहि दिनअगाडी जनकपुरमा आयोग अध्यक्ष र सामान्य प्रशासन मन्त्रीको पुतला जलाउँदा नेता यादबसहित दर्जनौं यूवा पक्राउ परेका थिए ।

 

नेता यादबले जनकपुरका सरकारी कार्यालयमा व्यापार भ्रष्टाचार र अस्पतालमा ठगी भइरहेको भन्दै सो विरुद्ध पनि आन्दोलन गर्ने जनाएका छन् । उनले दुई सातामै चार अस्पतालको लापरबाही बाहिर आएको भन्दै आवश्यक कारबाहीका लागि सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउन आन्दोलन गर्ने बताए ।