२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

सिरहामा खुलेआम राति भरुवा बन्दुकलिएर घुमफिर गर्ने प्रहरीको फन्दामा

image

आयुब हुसेन/लहान, सिरहामा खुलेआम रातिमा भरुवा बन्दुकलिएर घुमफिर गर्ने बन्दुक सहित दुई जना प्रहरीको फन्दामा परेका छन।

 

राती घुमफिर गरिरहेको प्रहरीले गोप्य सूचना पाएको आधारमा पक्राउ गरेको हो।सिरहाको कल्याणपुर नगरपालिका वडा नम्बर ११ बस्ने निवासी सुकना मण्डलको १९ वर्षिय छोरा मनिष मण्डल र कल्याणपुर नगरपालिका वडा नम्बर ३ बस्ने कारी मंसुरीको २४ वर्षिय छोरा मो.जाकीर मंसुरीलाई प्रहरीले शनिबार राति साढे ११ बजेको भरुवा बन्दुक सहित पक्राउ परेको छ ।

 

बी आर ३२ क्यु १३८० नम्बरको मोटरसाईकल चढि घुमफिर गरिरहेको प्रहरीले गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय मिर्चैयाको कमाण्डमा खटेको टोलीले पक्राउ गरेको दुबैलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ ।

 

उनीहरुमाथि हातहतियार खरखजाना अन्र्तगत मुद्दा चालाईने जानकारी जि प्र का सिरहाका प्रवक्ता एवं डीएसपी अपिल राज बोहराले जानकारी दिएका छन ।