२०८१ बैशाख १२ बुधबार Wednesday, April 24

ताजा अपडेट :

श्री शिव शक्ति सहकारीको आठौं साधारण सभा सम्पन्न

श्री शिव शक्ति कृषि सहकारी संस्था लि.आफनो आठौं वार्षिक साधारण सभा सम्पन्न
image

महेन्द्रनगर,


श्री शिव शक्ति कृषि सहकारी संस्था लि.आफनो आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

धनुषा जिल्लाको क्षिरेश्वरनाथ नगरपालिका ८ दिगम्बपुर स्थित संस्थाको अगाडीमा क्षिरेश्वरनाथ नगरपालिका ८ का वडाअध्यक्ष अशेश्वर महतोको प्रमुख आतिथीय र संस्थाको अध्यक्ष राजेन्द्र प्रसाद महतोको अध्यक्षतामा सम्पन्न साधारण सभाबाट संस्थाको आयव्य प्रस्तुत गरिएको थियो ।

 

संचालक समितीको बैठक न.३ मिति २०७६/६/५ गतेको निर्णय अनुसार राखिएको साधारण सभामा प्रमुख अतिथी महतो श्री शिव शक्ति कृषि सहकारी संस्था विगतको  दिनमा स्थानिय कृषिक, व्यापारी लगातलाई जुनरुपमा सहयोग गर्दै आएको छ अगामी दिनमा पनि यस्तै सहयोगको आशा राख्दै संस्थाको लागी हामीबाट हुन सहयोगमा कहिलै पछाडी नहटने बताउनु भएको थियो ।

 

कार्यक्रममा संस्थाका प्रवन्धक राजेश प्रसाद सिंह आयव्य प्रस्तुत गर्दै संस्था कुन अवस्थामा रहेको जनकारी गराउनु भएको थियो ।

साधारण सभामा अतिथीहरु समाजसेवी परमेश्वर महतो, श्री मा.वि. दिगम्वरपुरका सदस्य महेन्द्र महतो, बुद्धिजिवी राम सिठ महतो, मोद कुमार सिंह लगायत संस्थाका शेयर सदस्यहरुको उपस्थिती रहेको थियो । 

 

श्री शिव शक्ति कृषि सहकारी संस्थाको आठौं वार्षिक साधारण सभाको उपलक्ष्यमा रक्तदान कार्यक्रम राखेको थियो । रक्तदान जिवन दान नारा सहित आयोजना गरिएको रक्तदान कार्यक्रमबाट करिब २३ जनाले रक्तदान गरेका थिए ।