२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

छैठौं चन्द्रौटा महोत्सव पौष १७ गते देखि २८ गते सम्म

महोत्सव पौष १७ गते देखि २८ गते सम्म
image

दिपक के.सी. कपिलवस्तु, 

चन्द्रौटा उद्योग वाणिज्य संघले पाचौं अधिबेशनको मिति सार्वजनिक गरेको छ । शुक्रबार बसेको संघको बैठकले अधिबेशनको मिति सार्वजनिक गरेको हो । फागुन १ गते संघले अधिबेशन गर्ने जनाएको छ ।
बैठकले छैठौं महोत्सवको मिति पनि सार्वजनिक गरेको छ । अधिबेशनको मिति तोकिए संगै महोत्सव संचालन गर्ने मिति पनि सार्वजनिक गरिएको सघका अध्यक्ष जमशेर अलि मियाँले बताए । संघले छैठौं चन्द्रौटा कृषी पर्यटन तथा औद्योगिक व्यापार महोत्सव पौष १७ गते देखि २८ गते सम्म संचालन गरिने अध्यक्ष मियाँले बताए ।
संघले संघमा आवद्ध भएका सम्पूर्ण व्यापारीहरुलाई सदस्यता नविकरणका लागी अनुरोध समेत गरेका छ । सदस्यता नविकरण गर्नका लागी कार्तिक ३० गते देखि माघ २० गते सम्म समय सिमा रहेको संघका महासचिव दमन भाट क्षेत्रीले बताए ।
संघको आयोजनामा हुने छैठौं चन्द्रौटा महोत्सवलाई भव्य सभ्य रुपमा सम्पन्न गर्न सर्वपक्षिय छलफल र सहकार्य गरिने संघका वरिष्ट उपाध्यक्ष इश्वरी पाण्डेले बताए । अब मिति सार्वजनिक संगै महोत्सवको तयारीमा लागेको पाण्डेले बताए ।