२०८१ बैशाख १३ बिहीबार Thursday, April 25

ताजा अपडेट :

ठेकेदारको बदमासी,वडा कार्यालयमा तालाबन्दी

तालावन्दी गर्नेलाई  सार्वजनिक मुद्दा हाल्ने धम्की
image

शुक्लाफाँटा, शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरमा मापदण्ड विपरित सडकमा ग्राभेलिङ गरिएको भन्दै स्थानियले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । ग्राभेलको मोटाई १५ सेन्टी मिटर नपु¥याई ठेकेदारले रोलिङ गरेर काम सक्न थालेपछि स्थानिय बासिन्दाले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

 

वडा कार्यालयको मिलेमतोमा मापदण्ड विपरीत काम भएको स्थानीयले बताएका छन् ।वार्ड कार्यालयको १० लाख रुपैया विनियोजन गरेको वजेट मध्ये अस्मीता विल्डर्सले सडकमा ग्राभेल सहित पानी पिच बनाउनका लागि ६ लाख ६१ हजार ४० रुपैयाँमा ठेक्का पाएको थियो ।

 

वडा कार्यालयदेखि मितेरी पुलसम्मको ९ सय ९० मिटर लम्बाईको सडकमा ठेकेदारले मापदण्ड अनुसार ग्राभेल नहालेको स्थानीय प्रदेशी चौधरीले बताए । ‘ठेकेदारले बदमासी गरिरहेको छ, मापदण्ड अनुसार काम गरेको छैन्, मापदण्ड अनुसार काम गर्नुपर्छ,’ उनले भने,‘प्रत्येक वर्ष वडा कार्यालय र ठेकेदारको मिलेमतोमा मापदण्ड विपरित काम हुँदै गएको छ ।’ वडा कार्यालयमा स्थानीयले तालबन्दी गरेपछि वडा अध्यक्ष शिवराज पनेरु, इन्जिनियर लोकेन्द्र भट्ट, सव इन्जिनियर सन्तोष भण्डारी र ठेकेदारसहितको टोली र स्थानियबिच छलफल भएपनि तालाबन्दी खोल्ने विषयमा सहमति भएन् ।

 

वडा अध्यक्ष लगायतको टोलीले मापदण्ड अनुसार सडक निर्माण गर्न ठेकेदारलाई निर्देशन दिएको छ । सडक मापदण्ड अनुसार नबनाए नगरपालिका कार्यालयमै तालाबन्दी गर्ने स्थानीय रमेश चौधरीले बताए । ‘ठेकेदारले मापदण्ड अनुसार काम गर्नुपर्छ, जनप्रतिनिधि,कर्मचारीले मापदण्ड अनुसार काम गराउनु पर्छ,’ उनले भने । सडक निर्माणमा ठेकेदारले बदमासी गरेको वडा सदस्य लालबहादुर धानुकले बताए । ‘सडक निर्माण मापदण्ड अनुसार नभएपछि शनिबार काम रोकेका थियौं, ठेकेदारले मापदण्ड अनुसार काम गर्ने बताएपछि काम गर्न दियौं, तर, ठेकेदारले बदमासी ग¥यो, ठेकेदारलाई मापदण्ड अनुसार काम गर्न लगाउँछौं,’ उनले भने । 

 

वडा अध्यक्षको तालावन्दी गर्नेलाई  सार्वजनिक मुद्दा हाल्ने धम्की

 
सडक मापदण्ड अनुरुप बन्नु पर्छ भनेर विरोध गर्ने स्थानिय बासिन्दा माथि वडा अध्यक्ष शिवराज पनेरुले सार्वजनिक मुद्दा हाल्ने धम्की समेत दिएका छन । छलफल कार्यक्रममै धम्क्याउदै अध्यक्ष पनेरुले कार्यमा बाधा पु¥याउने माथि मुद्दा हाल्ने धम्की दिएका हुन । वडा कार्यालयमा किन ताला लगायौ अध्यक्ष पनेरुले भने, ‘तपाईहरु माथि मुद्दा हाल्छु ।’


ठेकेदारको बचाउमा वडा अध्यक्षको अभिव्यक्ति आएपछि स्थानिय बासिन्दाले वडा अध्यक्षकै मिलोमतोमा मापदण्ड विपरित सडकमा ग्राभेल हाल्ने कार्य भएको आशंका गरेका छन । उनी विरुद्ध झनै आक्रोसित भएका छन । ‘मापदण्ड विपरित कार्यको विरोध गरेवाफत मुद्दा लगाईए पुरै गाँउका बासिन्दा जेलमा बस्न तयार छौं’ स्थानिय शिक्षक अशोक चौधरीले भने । 
 

तीन बर्ष देखि लगातार ग्राभेल हालिदै 


एउटै सडकमा लगातार शुक्लाफाटा नगरपालिकाकै बजेटमा तीन बर्ष देखि निरन्तर रुपमा ग्राभेल हाख्ने कार्य हुदै आएको स्थानिय बासिन्दाको भनाई रहेको छ । पहिलो बर्ष वडा अध्यक्ष नभएको बेला आफैं उपभोक्ता समितिको अध्यक्ष बनेर पनेरुले रु पाँच लाखको ग्राभेल हालेका थिए ।  

 

दोश्रो बर्ष वार्ड अध्यक्ष भएपछी स्थानिय बासिन्दालाई जानकारीनै नदिई गोप्य रुपमा उपभोक्ता समिति गठन गरी रु पाँच लाखमा कनिका छरेझै ग्राभेल हालिएको र यस आर्थिक वर्ष २०७५/०७६ मा तेश्रो बर्ष रु छ लाख ६१ हजारमा सोही सडकमा पुनः ठेकेदार कम्पन्नी मार्फत ग्राभेल हाल्न थोपछि स्थानियले विरोध गरेका छन । एउटै सडकमा कुनै आर्थिक बर्षमा पनि सन्तोषजनक रुपमा ग्राभेल राख्ने कार्य नभएको स्थानिय बासिन्दाको भनाई रहेको छ ।

 

वडाध्यक्ष शिवराज पनेरुले स्थानीय र निर्माणको जिम्मा पाएका कम्पनीका पदाधिकारीसंग छलफल भईरहेको बताए । ‘स्थानीयले आफ्नो माग राखेर ताला लगाए, ‘उनले भने, ‘स्थानीय र ठेकेदारसंग संयुक्त छलफल गरेर ताला खुलाएर सडकको काम गराउँछौँ ।’