२०८१ बैशाख २१ शुक्रबार Friday, May 03

ताजा अपडेट :

प्रदेश २ का आठै जिल्ला डुबानमा, १० जनाको मृत्यु

image

सर्लाही, प्रदेश नम्बर २ का आठै जिल्ला डुबानमा परेका छन् । प्रदेश प्रहरीले दिएको जानकारी अनुसार बाढी र डुबानमा परेर मृत्यु हुनेको संख्या १० पुगेको छ । धनुषा, बारा, पर्सा र रौतहटमा २/२ जनाको मृत्यु भएको छ ।

 

महोत्तरी र सिरहामा एक÷एकजनाको मृत्यु भएको छ । हिजो केहीबेर रोकिएको वर्षा आज बिहानबाट फेरि निरन्तर भइरहेको छ ।

 

जसले प्रभावित थप त्रासमा छन् । जिल्ला प्रशासन कार्यालयहरुले गृहमन्त्रालयसँगको समन्वयमा केही थान त्रिपालहरु ल्याएको भनेपनि निरन्तर झरी परिरहेकाले त्यो वितरण भएको छैन ।